युवा क्लवद्धारा मनाइयो गणतन्त्र दिवश

सहदेव बस्नेत
जाजरकोट
१० औं गणतन्त्र दीवश जनस्तरमा भव्यताका साथ मनाउने सीलसीलामा आज शिवनगर युवा शान्ति प्रर्वद्धन मंच भेरीमालीका नगरपालीका १ जाजरकोटले विविध कार्यक्रमका साथ मनाएको छ । शीव मावि कालेगाउँको प्राङ्गनमा आयोजना गरीएको क्लव उद्घाटन तथा १० औं गणतन्त्र दीवशको अवसरमा शहीद परीवार सम्मान ,पुरुष भलीवल,महीला भलीवल, लोक नृत्य तथा हाजीर जवाफको कार्यक्रम आयोजना गरी मनाएको छ ।
उद्घाटन शत्रमा प्रमुख अतिथि नागरीक समाज जाजरकोटका संयोजक तथा वीशेस अतिथि भेरीनगरपालीका वडा नं १ का निर्वाचीत वडा अध्यक्ष दीपक राना र नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक ढगवीर राना ले संयुक्त रुपमा गर्नु भएको छ ।
क्लवकी सदस्य संगम वस्नेतले स्वागत मन्तव्य राख्दै युवाहरुलाइ गणतन्त्र प्रतिको आस्थालाइ आत्मासाथ गर्ना तथा समाजमा युवाहरुलाइ श्रीजनशील कार्यमा लगाउनाका लागी क्लव स्थापना गरीएको धारणा राख्नुभएको थीयो ।
मंचका अध्यक्ष प्रकाश जंशाह को अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा राजनैतिक दलका गरी प्रतिनिधी,शीक्षक,वुद्धीजीवी समाजसेवी विदार्थि,स्थानियवासी गरी ३०० जनाको सहभागीता रहेको थीयो । कार्यक्रममा क्लवले आफ्नो वडाका पाँचै जना निर्वाचीत जनप्रतिनिधहिरुलाइ सम्मान समेत गरेको छ ।
कार्यक्रममा लोक नृत्य अन्तरगत १५ जना प्रतीयोगीहरु मद्ये सपना नेपाली प्रथम,वीवेक राना दीर्तीय,उर्मीला विक.तीर्तीय र कविता विक ले सान्त्वना स्थान हासील गरेका छन ।
पुरुष भलीवल अन्तरगत ६ वटा प्रतीयोगी समुहरु मद्ये पहीलो खेल जील्ला प्रहरी कार्यालय जाजरकोट र शीतल मावि पक्रीयाँ, दोश्रो खेल कोटजहारी रुकुम र आयोजक शीवनगर युवा शान्ति पर्वद्धन मन्च र तेश्रो खेल त्रिवेणी रीम्ना र शीव व्यावशायिक मा.वि.कालेगाउँ विच सम्पन्ना भएको थीयो । जस अन्तरगत विजेता कोटजाहरी समुह र जील्ला प्रहरी कार्यालय विच सम्पन्ना भइ जिलला प्रहरी कार्यालय को समुह विजेताभइ भोलीको लागी अन्तिम खेल जील्ला प्रहरी जाजरकोट र भेरी त्रीवेणी रीम्ना विच हुने छ साथै भोलीनै खुला हाजीरी जवाफ समेत सन्चालन हुने क्लवकी सदस्य संगम वस्नेत ले जानकारी दीनुभएको छ ।
आजै भएको महीला भलीवल अन्तरगत जेआरटी रावतगाउँ र शीव व्यावशायिक मा.वि कालेगाउँ विच सम्पन्ना भएको खेलमाजेआरटी रावतगाउँ समुह वीजेतार शीव व्यवशायिक मा.वि.कालेगाउँ उपविजेता भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!