जनयूद्धको वेला गरेको कामकै आधारमा अवका काम — मेयर रावल

जाजरकोट । आफुले चुनावमा होमिदा उठाएका एजेण्डा पुरा गर्न त्रिवेणी नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावलले सवैको सल्लाह,सझाव लिएका छन् । गणतन्त्र दिवसकै दिन रावलले एक कार्यक्रमको आयोजना गरि सवैका सुझाव लिएका हुँन् । जनताको काम छिटो ,छरितो तरिकाले सम्पन्न गर्नका लागि विरामी र सुतेको समय वाहेक अन्य समयमा कटिने उहाँको भनाई छ ।
नेकपा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार वनि विजय भएका रावल ले तत्काल सम्पन्न गर्नुपर्ने र केही समय पछि गर्नुपर्ने समस्य के के हुँन भनि सवै दलका प्रतिनिधी संग सुझाव मागेका छन् । यस क्षेत्रमा टेलिफोन टावर , विद्युत अवरुद्ध भएका विद्युतको सञ्चालन , खानेपानी , सिचाई मा कामको पहिलो प्राथमिकता रहेको उहाँले वताउनुभयो । नलसिंङ गाड जलविद्युत आयोजना लाई निर्माणका लागि यहाँका नागरिकले गर्नुपर्ने काम र केन्द्रिय राज्यसत्तालाई गर्नुपर्ने खवरदारीका विषयमा समेत छलफल गरिएको थियो । गणतन्त्र दिवसको सुभकामना दिदै रावलले कामलाई छिटो गर्न सवैको सहयोगको अपेक्षा समेत गरेको वताउनुभयो ।
नगरपालिकामा सडक निर्माण कार्य तिव्र पारिने समेत वताउनुभयो । जनताको काम हिजो जनयूद्धको वेला जसरी गरिएको थियो अव त्यहि गतिमा हुँने रावलले वताउनुभयो । जनयूद्धका वेला २०५८ देखि २०६१ सम्म रावल जनसरकार प्रमूख हुनुहुन्थ्यो ।





error: Content is protected !!