नलगाड नपाका मेयर,उपमेयरले पद तथा गोपनियताको सपथ

जाजरकोट । नलगाड नगरपालिकाका प्रमूख टेकवहादुर रावल र उपमेयर वालकुमारी वस्नेतले पद तथा गोपनियताको सपथ लिएका छन् । नगरपालिकाको अस्थायी कार्यालय दल्लीमा आईतवार दिउँसो मेयर,उपमेयर तथा अन्य सदस्याहरुलाई समेत सपथ ग्रहण गराएको मुख्य निर्वाचन अधिकृत गणेस चालिसेले जानकारी दिनुभयो ।

यो भन्दा पहिले रावल जनयूद्ध कालमा जिल्ला जनसरकार प्रमूख भएर २०५८ साल देखि २०६१ साल सम्म न्यायसम्पदानको काम गर्नुभएको थियो । शिक्षक पेशा छाडेर जनयूद्धमा होमिएका रावल माओवादी केन्द्रको जिल्ला संयोजक भएर काम गरिसक्नुभएको छ । सपथ लिएपछि रोवलले यस क्षेत्रको विकास निर्माण तथा शिक्षा, स्वास्थ्य,खानेपानि,विद्युत लगाएतका विषयको विकासका लागि पुरै ध्यान केन्द्रित गर्ने वताउनुभयो । त्यस्तै टेलिफोन सेवा विस्तार ,सडक निर्माणका लागि विशेष जोड दिने वताउनुभयो । पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सासद शक्तिवहादुर वस्नेतका विश्वास पात्रका रुपमा रहेका रावल लाई यस क्षेत्रको अत्यन्त पाको नेताको रुपमा लिईन्छ ।
आफुलाई अमुल्य भोट दिएर विजय वनाउँने सवै नलगाड नपाका जनतालाई हार्दिक वधाई तथा सुभकामना दिदै मेयर रावलले जनताको काममा सुतेको समय देखि विरामी भएको समय वाहेक अरु सवै समयमा जनताको काममा लाग्ने प्रतिवद्धता जनाउनुभयो । नगरपालिका भएर पनि विकासको मुल प्रवाह आउन नसकेको यो नगरपालिका छिमेकी डोल्पा जिल्लाको सिमाना संग जोडिएको छ । ठुला ,ठुला चट्टान मात्र रहेको र प्रयाप्त पानी भएपनि सिचाई सेवा जनताले उपभोग हुँन सकेको छैन् । राष्टिय महत्वको नलसिंहगाड जलविद्युत आयोजना , तासुँगाड जलविद्युत आयोजना यसै नगरपालिका भित्र पर्दछन् ।
त्यस्तै जिल्लाको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही ,उपाध्यक्ष कुमारी थापा र सदस्यहरुले पनि पद तथा गोपनियताको सपथ ग्रहण समेत सम्पन्न भएको निर्वाचन अधिकृत वसन्तराज सिग्देल ले जानकारी दिनुभयो ।







