खसेको भन्दा वढी मत भेटिएपछि गणना स्थगित

जाजरकोट
जिल्लाको भेरी मालिका नगरपालिकाको एक वडामा खसेको मत भन्दा वढी मतपत्रहरु भेटिएपछि विवाद हुदा मत गणना रोकिएको छ । भेरी नगरपालिकाको वडा नं ५को मतगणना गर्ने क्रममा मतपत्रहरुको संख्या रुजु गर्ने क्रममा ९ वटा मत वढी भेटिएपछि विवाद भएको छ । कुल खसेको मत मध्य ९ मत वढी देखिएपछि गणना रोकिएको गणना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक भावेस रिमालले वताए ।
उनले ५ नम्वर वडाको गणना रोकेर अन्य वाकी वडाको गणना भइरहेको वताए । यस वारेमा मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीलाइ सम्पर्क गर्दा फोन रिसीभ भएन । वढी मत पत्र भेटिएको वारे सर्वदलीय वैठक गरेर विवाद मिलाउने प्रयास भइरहेको छ ।
नगरपालिकाको वडा नं ५मा जम्मा मतदाता संख्या एक हजार ९२ मध्य ८ सय ९३ मत खसेको थियो । गणनाको हिसाव गर्दा ९वटा मतपत्रहरु वढी भेटिएका थिए ।
गणना गर्दा ९ मत वढी देखिएपछि काग्रेसका एजेन्टले विरोध जनाएपछि गणना रोकिएको छ । भेरी नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका सिपी घर्तीको २ हजार ९ सय ५० , काग्रेसका सनतकुमार कार्कीको २ हजार ९ सय २९ र माओवादी केन्द्रका ढकवीर रानाको २ हजार ६ सय ६रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!