चुनावी चटारोः एकै जहाजमा चितवन गए प्रचण्ड र देउवा

काठमाडौं .  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एउटै जहाज चढेर चितवनको चुनावीसभामा गएका छन् ।
चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ र सोहि कार्यक्रममा सहभागि हुन प्रचण्ड र देउवा एकै जहाजमा चितवन पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले आज कांग्रेस–माओवादीले संयुक्र रुपमा भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
त्यस्तै एमाले अध्यक्ष केपी ओली पनि आज चितवनमा हुने कार्यक्रमका लागि त्यसतर्फ जादैछन् । एमाले चितवनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन ओली केही बेरमा त्यसतर्फ लाग्ने ओली निकट नेताहरुले बताएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!