आचारसंहिता मन्दैन्न दलहरु , विद्यालयमै चुनावी सभा


जाजरकोट । जाजरकोटका विभिन्न दुर्गम गाउँमा निर्वाचन आचारसंहिता विपरित विद्यालयमा आमसभ गर्ने क्रम रोकिएको छैन् । खास गरि नेपाली कांग्रेस र नेकपा एमाले र माओवादी केन्द्रले वढी विद्यालयमा नै चुनावी सभा गरेको पाईएको छ ।

जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा चुनावी सभा नगर्न ताकेता गरेपनि दलहरुले त्यो मानेको पाईदैँन । चुनावी सभामा वालवालिका प्रयोग देखि विद्यालयका चुनावी सभा गर्नुका साथै शिक्षकहरु नै दलको प्रचारमा लागेको प्रशस्त भेटिन थालेको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ३ मा रहेको सुर्योदय मावि कैनामा कांग्रेसले चुनावी सभा गरेको फेला परेको छ । कार्यक्रम गर्ने अन्य ठाउँ हुँदा हँुदै विद्यालय नै पाटीका झण्डा गाडेर चुनावी सभा गर्दा विद्यालय दलको कार्यालय जस्तो भएको स्थानीयहरु वताउँछन् ।
यत्ता जिल्ला निर्वाचन कार्यालयले दललाई कुनै पनि विद्यालयमा चुनावी सभा नगर्न अनुरोध गरेपनि त्यो यहाँका दलले मानेका छैन्न ।
तस्वीर वद्री पन्त सगरमाथा टिभी







