किन रोए कुलमान घिसिङ पत्रकारमाझ ?

काठमाडौं २६ बैशाख । अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ भाबुक भई रोएका छन् ।
एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि धारणा राख्दै पत्रकार सम्मेलनमा उनी रोएका हुन् ।
उन्ले भारतबाट किन्न लागिएको एलईडी बल्बमा कमिसनको खेल भएको भन्ने समाचारको खण्डन पनि गरेका छन् ।
इसीएल कम्पनिसँग भएको सम्झौता, बील लगायतका कागजसमेत घिसिङले सार्बजनिक गरेका छन् ।
सरकारले भारतीय सरकारी कम्पनि इसीएलसँग २ करोडको एलईडी बल्ब सिधै किन्न लागेको छ ।
१५० रुपैयाँमा गुणस्तरीय एलईडी बल्ब नेपालकै कुनै व्यापारीले उपलब्ध गराए आफूले किन्ने घिसिङको भनाई छ ।
घिसिङले व्यापारीलाई गुणस्तरीय एलइडी बल्ब १५० रुपैयाँमा ल्याउन चुनौतीसमेत दिएका छन् ।
विद्युत प्राधिकरणले भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग किन्न लागेको बल्बबारे प्रश्न उठेपछि घिसिङले सोमबार पत्रकार सम्मेलन गरेका थिए ।
इमान्दारितापूर्वक काम गरेको तर अहिले चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले गहभरी आँसु पारेका थिए ।
आफूहरुले ६५ भारुमा किनेर सरकारको कर तिरेर १३५ देखि १४० रुपैयाँमा जनतालाई दिन लागिएको उनले बताए । घिसिङले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’



