डोल्पो बुद्ध गाँउपालिकाकाे उपाध्याक्षमा स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित

उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपलिकामा स्वतन्त्र उम्मेदवार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा मल्ल टसी गुरुङ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
केही सञ्चारमाध्यममा सोही गाँउपालिकाको अध्यक्षमा एमालेका लंक बहादुर रोकाय निर्वाचित भएको भन्ने हल्ला निराधार भएको जिल्ला निर्वाचन अधिकारी राम बहादुर बुढाले जानकारी दिए । सो गाँउपालिकाको अध्यक्षमा दुई जनाकै उम्मेदवारी परेको र उपाध्यक्षमा स्वतन्त्रबाट गुरुङ नै निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी बुढाले बताए ।
उपल्लो डोल्पामा कुनै पनि सञ्चार सुविधा नभएकाले निर्वाचन कार्यालयले पनि प्रहरीबाटै खवर लिने गरेको छ । प्रहरीमा आउने खबर नै आधिकारीक हुने बुढाको भनाई छ । निर्वाचन कार्यालयका अनुसार डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट र एमालेबाट गरेर दुईजनाको उम्मेदवारी परेकाले कोहि पनि निर्वाचित नभएको बताएईको छ । अध्यक्षमा एमालेबाट पेम्बा गुरुङ र स्वतन्त्रबाट क्यालजेन गुरुङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
उपल्लो डोल्पाकै शे-फोक्सुन्डो गाउँपालिका भने एमालेबाट अध्यक्ष सहित सबै वडा अध्यक्ष, सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा भने तीन जनाको उम्मेदवारी परेको छ । सो गाँउपालिकाको अध्यक्षमा एमालेबाट टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । उपल्लो डोल्पाका अन्य गाँउपालिकाबाट वडा अध्यक्ष, सदस्यहरुको उम्मेदवारहरुको नामावली आउने क्रम जारी रहे पनि निर्विरोध निर्वाचित भएको खवर नआएको जिल्ला निर्वाचन कार्यलयको भनाई छ ।



