डोल्पाको शे-फोक्सुन्डो गाँउपालिकामा निर्वाचन सम्पन्न

सबै निर्वाचन अधिकृत र सुरक्षार्की जिल्ला सदरमुकाम फर्कदै
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुन्डो गाउँपालिकामा स्थानीय तहको चुनाव सम्पन्न भएको छ । सो गाँउपालिकामा अध्यक्षमा एमालेका टसी टुन्डसप गुरुङ निर्वाचित भएका छन् । अन्य नौ वटै वडामा उम्मेदवारी दर्ता गर्ने दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए ।
बाँकी रहको उपाध्यक्षमा जम्मा तीन जनाको उम्मेदवारी परेको थियो । जसमध्ये दुई जना एमालेबाट र एकजना स्वतन्त्रबाट उम्मेदवारी परेको थियो । एमालेका उम्मेदवारले पछि उम्मेदवारी फिर्ता लिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका धावा गुरुङ सो पदमा निर्विरोध निर्वाचित भएका छन् ।
उक्त गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष तथा सदस्य पदमा उम्मेदवारी दिएकै दिन सबै उम्मेदवार निर्विरोध निर्वाचित भएपछि सो गाँउपालिकामा स्थानीय तहको चुनाव सम्पन्न भएको छ ।
चुनाव गराउन तीन दिनसम्मको पैदल यात्राबाट दुर्गम गाउँ-गाँउमा पुगेका निर्वाचन अधिकृत र सुरक्षाकर्मीहरु फर्किने सुरसारमा रहेको जिल्ला निर्वाचन अधिकारी राम बहादुर बुढाले बताए ।







