वीरेन्द्रनगरको मेयरका उम्मेद्वार–पूर्व मेयरदेखि शिक्षकसम्म

सुर्खेत, बैशाख । वीरेन्द्रनगर नगरपालिका प्रदेश नं. ६ को सम्भावित राजधानी मात्र होइन, सबैभन्दा धेरै जनसंख्या भएको नगर पनि हो । वीरेन्द्रनगरको मेयरका लागि पूर्व मेयरदेखि प्रतिष्ठित शिक्षकले समेत उम्मेद्वारी दर्ता गरेका छन् । मूख्य चार दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका साथै एक जनाले स्वतन्त्ररुपमा उम्मेद्वारी दिएका छन् ।
काँग्रेसबाट उम्मेद्वार दर्ता गरेका देवकुमार सुवेदी मेयरका उम्मेद्वारमध्ये सबैभन्दा कान्छा हुन् । उनी विद्यार्थी राजनीतिबाट आएका हुन् । यस्तै, एमालेका तर्फबाट उम्मेद्वारी दर्ता गराएका बालाराम शर्मा २०५४ का मेयर हुन् । लामो समय पत्रकारिता गरेका शर्मा प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका व्यक्ति हुन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रबाट उम्मेद्वार बनेका रत्न गाहा र स्वतन्त्र उम्मेद्वार गेहेन्द्र दहाल भने शिक्षक र सामाजिक क्षेत्रमा कहलिएका व्यक्ति हुन् । गाहा शिक्षक हुँदै समाज कल्याण परिषद्का कोषाध्यक्ष भएका थिए भने दहाल २७ वर्ष शिक्षकको जागिरे र जेसीज अभियानमा सक्रिय थिए । दहाल पटक–पटक सरकारबाट नमूना शिक्षक घोषित व्यक्ति हुन् ।
काँग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएकाे वीरेन्द्रनगरमा स्वतन्त्र उम्मेद्वारको पनि ठूलो प्रभाव देखिएको छ । राप्रपाको उपस्थिति कमजोर नै भएपनि नतिजामा प्रभाव पार्न सक्ने आ ँकलन छ । मेयरक ा लागि उ म्मेद्वारी दर्ता गर ेक ाहरुमध्ये काँग्रेसका उम्मेद्वार देवकुमार सुवेदी, एमालेका बालाराम शर्मा, माओवादी केन्द्रका रत्न गाहा र स्वतन्त्र उम्मेद्वार गेहेन्द्रप्रसाद दहालको व्यक्तित्व यहाँ चर्चा गरिएको छ । देवकुमार सुवेदी, का“ग्रेस वीरेन्द्रनगर नगरपालिका निवासी देवकुमार सुवेदी काँग्रेस सुर्खेतका प्रभावशाली युवा नेता हुन् ।
लगातार २ क ा र्यक ाल वी र ेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसँगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । नेपाल रेडक्रस, वीरेन्द्रनगर जेसीज, नेपाल परिवार नियोजन संघलगायत अन्य संघसंस्थाहरुमा आबद्ध सुवेदी कुशल वक्तासमेत हुन् । नेपाली काँग्रेस, सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि दर्जन बढी नेताहरु आकांक्षीहरु हुँदाहुँदै पनि पार्टीले सुवेदीलाई मेयरको टिकट दिएको छ । – जन्म ः २०३३ मंसिर २७ – शिक्षा ः बिएड, एमए (ग्रामीण विकास) – सामाजिक क्षेत्र ः रेडक्रस, जेसीज, नेपाल परिवार नियोजनलगायत विभिन्न अभियान राजनीति – २०४७ सालबाट जनमा विक ा नेविसंघको सचिव । – नेविसंघको जिल्ला सचिव, – सुर्खेत क्याम्पस (शिक्षा) स्ववियु उपसभापति–२०५३ – सुर्खेत क्याम्पस (शिक्षा) स्ववियु सभापति–२०५७ – नेविसंघको केन्द्रीय सदस्य – नेपाली काँग्रेसको विद्यार्थी विभाग केन्द्रीय सदस्य –काँग्रेस, सुर्खेतको जिल्ला सदस्य – २०६८ सालदेखि हालसम्म नगर सभापति (२ पटक निर्वाचित) बालाराम शर्मा, नेकपा (एमाले) बालाराम शर्मा वीरेन्द्रनगरका चर्चित अनुहार हुन् ।
विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका शर्मा करिब ४० वर्षदेखि राजनीतिमा सक्रिय छन् । राजनीतिक उत्तरचढावका क्रममा शर्माले जेल जीवन बिताएका थिए । शर्मा २० वर्ष अगाडि २०५४ मा भएको स्थानीय निकायकाे निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनै शर्मा अहिले एमालेकै तर्फबाट मेयरको उम्मेद्वार बनेका छन् । शर्मा एमालेको मध्यपश्चिम क्षेत्रीय कमिटी सदस्य, भेरी अञ्चल समन्वय कमिटीको सदस्य हुँदै हाल नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत हुन् । शर्माले राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् ।
राजनीतिक यात्रा – वि.स . २०२८ सालदेखि अनेरास्ववियु प्रारम्भीक कमिटीबाट राजनीतिमा प्रवेश । – २०३० सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु निर्वाचनमा विजयी । – पञ्चायतको विरोध गर्दै २०३० सालदेखि कम्युनिष्ट पार्टीकाे संरचनामा आबद्ध । – वि.सं. २०३६ मा दशरथपुरमा भएको आन्दोलनलाई सहयोग गरेको आरोपमा ९ महिना जेल सजाय – २०३१ देखि २०४३ सालसम्म
शक्षण पेशामा आबद्ध – २०४५ सालमा राजकाज मुद्दामा ३ वर्षको जेल र तीन हजार रुपैयाँ जरिवाना । – पटक–पटक गरी ५ वर्ष जेल सजाय । – सुर्खेत उपत्यकाको झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संस्थापक । – वि.सं. २०५४ मा नेकपा एमाले सुर्खेतको सचिव । – नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष । – नेपाल पत्रकार महासंघले प्रदान गर्ने प्रेस स्वतन्त्रता सेनानी पदवी प्राप्त । रत्न गाहा मगर, नेकपा (माओवादी केन्द्र) नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरको उम्मेद्वार बनेका रत्न गाहा बौद्धिक व्यक्तित्वक ा रुपमा चिनिन्छन् ।
राजनीतिसँगै विभिन्न सामाजिक कार्यबाट चिनिएका गाहा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुको नेतृत्व गरेर बढी चर्चामा आएका हुन् । उनी लामो समय विद्यार्थी हुँदै पार्टी राजनीतिमा पनि सक्रिय छन् । दैलेखको खरीगैरा–४ मा २०२८ साल कात्तिक २५ मा जन्मिएका उनी खरिगैरा गाविसबाट एस्एल्सी उत्तीर्ण गर्ने नियमिततर्फका पहिलो व्यक्तिसमेत हुन् । गाहा केही समय शिक्षण पेसामा आवद्ध भएका थिए । लामो समय सामाजिक क्षेत्र र पछि राजनीतिमा सक्रिय गाहा कुशल मोटिभेटर समेत हुन् । शिक्षा ः समाजशास्त्र विषयमा स्नातोकोत्तर र अष्ट्रेलियाको मेल्बर्न युनिभर्सिटीबाट सुरक्षासम्बन्धी विषयमा चौंथो लेबलको अध्ययन पूरा ।
राजनीति – २०४८ सालबाट मोटो मसालबाट राजनीति सुरु । – तत्क ालिन माओवादी भूमिगत भएसँ गै २०५२ सालदेखि नै माओवादीमा आबद्ध –जनयुद्ध सुरु भएदे खि नै मध्यपश्चिमका सहरी इलाकाहरुको जिम्मा । – माओवादीले तत्कालिन अवस्थामा निर्माण गरेको विशेष कमिटीमा आबद्ध भई सहरी क्षेत्रमा संगठन विस्तार – शान्ति प्रक्रियापछि प्रचण्ड नेतृत्वको पहिलो सरकारका बेला समाज कल्याण परिषद्को कोषाध्यक्ष – विभिन्न हैसियतमा हुँदै अहिले पार्टीको राष्ट्रिय आयोजक समिति सदस्य । गेहेन्द्रप्रसाद दहाल, स्वतन्त्र सुर्खेतको रतु गाविसको पारेगाउँमा २०२६ मा जन्मिएका गेहेन्द्रप्रसाद दहाल राजनीतिकर्मी भन्दा पनि नमूना शिक्षकका रुपमा चिनिन्छन । ‘शिक्षक हुँदा राजनीति परित्याग, राजनीति सुरु गर्दा शिक्षक परित्याग’ गरेपछि दहाल चर्चामा आएका थिए ।
करिब २७ वर्ष शिक्षण पेशामा आबद्ध भएर राजीनामा दिएर मेयरको उम्मेद्वार बनेका दाहाल सुर्खेतीहरुका माझमा साझा व्यक्तित्वमा रुपमा स्थापित छन् । सुर्खेतको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका दहालले आफूले नेतृत्व गरेका विद्यालयहरुलाई ‘क’ वर्गको विद्यालयका रुपमा स्थापित गरेका थिए । खासगरी बालबालिकामैत्री र प्रविधिमैत्री विद्यालय बनाएर चर्चा कमाएका दहालले विद्यालयका े प्रधानाध्यापक हुँदा कुनै पनि राजनीतिक दलको सदस्य नहुने भनी घोषणा गरेर चर्चामा आएका थिए ।
सुरुमा शिक्षक संगठनमा आबद्ध भएता पनि पछि दलको सदस्य नै नहुने घोषणा गरेका दहाल एकाएक सेवा अवधि बाँकी हुँदै राजिनामा दिएर मेयरको उम्मेद्वारी दर्ता गरेका हुन् । दहाल कुशल वक्तासमेत हुन् । सेवा ः – २०४६ मा पारेगाउँ विद्यालयमा प्रावि तहको शिक्षकमा नियुक्त – २०४६ मै जनसेवा मावि घुस्रामा सरुवा (१९ वर्ष कार्यरत) – श्री कृष्ण संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय (८ वर्ष) – दुवै विद्यालयलाई ‘क’ वर्गको विद्यालयका रुपमा स्थापित गर्न सफल (क वर्गको जिल्लाकै पहिलो विद्यालय बनरुउन सफल) – द्वन्द्वकालमा नेपाल शिक्षक संघमा आबद्धता अभियान ः – २००५ मा नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष – २००६ मा अन्तर्राष्ट्रिय जेसीजको सदस्य र एसिया प्यासिफिक संयोजक भई २२ देशको नेतृत्व – नेतृत्व र उत्प्रेरणासम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षण – सकारात्मक सोच विकास अभियान आदि ।ईनयाँ नेपाल



