टिकट नपाउदा क्रृणको भारी बोक्न बाध्य

नरजन तामाङ
नेपालगञ्ज  । कर्णाली अञ्चल हुम्ला डोल्पा र मुगु लगायतका जिल्लाका यात्रुहरुले समयमै जहाज टिकट नपाउदा क्रृणको भारी बोक्न बाध्य भएका छन ।
निजी क्षेत्रबाट सञ्चालित एयरलाइन्सका जहाजहरु पर्वतिर केन्द्रित भएपछि कर्णाली अञ्चलका हुम्ला डोल्पा मुगु जाने यात्रुहरुले महिनौ दिन सम्म सास्ती खेप्दै आएका छन ।
निजी क्षेत्रका एइरलाइन्सहरु उडान नभर्दा यात्रुहरु महिनौ दिन नेपालगञ्जमा होटेलको बस्न बाध्य भएका हुन ।
एयरपोर्टमा महिनौ दिन धाउदा सम्म टिकट नपाएको र होटेलको क्रृणको भारी बोक्न बाध्य भएको गुनासो गदै आएका छन ।
हुम्ला जान ३ महिना अगाडी नाम दर्ता भए पनि बल्ल शुत्रवार हातमा परेको हुम्ला जिल्ला ठेहे गाविसकी कमी बोहोराले बताइन । उनले टिकट हात परेपनि कहिले हुम्ला पुग्ने भन्नेमा एकिन नभएको दुखेसो पोखिन ।
स्थानीय तहको निर्वाचन आइसक्यो भोट हाल्न पनि पाइन की भन्ने चिन्ता व्यक्त गरिन ।
यस्तै हुम्ला जिल्ला ठेहे घर भएका तुला बोहोराले नेपालगञ्ज एयरपोर्टमा टिकटको लागी धाँउदा धाउदा हैरान भएको बताए । होटेलमा बस्दा पैसा सकिसक्यो होटेलमा उदारो छोडनु पर्ने बाध्य भएको बताए । हुम्ला फायाँ गाविसका ६८ वर्षका गोर शाही आफुले टिकटको लागी नाम लेखाएको ३ महिना भएको बताए । शुत्रवार टिकट हात परेको छ । हुम्ला नपुदा सम्म विशवास नलगार्ने बताए । गोर शाहीका अनुसार होटेलमा बस्दा पैसा सकिएर एक जना आफनै गाँउमा अध्यायपन गराउने शिक्षकको घरमा बस्न बाध्य भएको बताए ।





error: Content is protected !!