ससुरा ज्वाई देखि जेठाज्यू वुहारी सम्मा फरक दलवाट चुनाव लड्दै

हेमन्त के सी
जाजरकोट । जाजरकोटको वारेकोट गाउँपालिका वडा नं ५ मा ससुरा ज्वाई एकै पदमा चुनाव लड्दै छन् । ससुरा भीमवहादुर सिंह र ज्वाई गणेस गिरी एकै पदमा चुनाव लडेका हुँन् ।
ज्वाई नेपाली कांग्रेसवाट वडा नं ५का उम्मेदवार वनेका छन् भने ससुरा भीमवहादुर सिंह नेकपा माओवादी केन्द्रवाट उम्मेदवार वनेका छन् । ससुरा जनयूद्ध कालमा प्रत्यक्ष यूद्धमा होमिएका थिए भने गणेस गिरी यूवा उम्मेदवारका रुपमा रहेका छन् । दुवैका प्रतिवद्धाहरु एकै खालका छन् । प्रचारप्रसार आ आफ्नो तरिकाले गर्दा उनीहरुका आफन्तहरुले अव कसलाई भोट दिने भनेर चिन्ता व्यक्त गरेका छन् । ससुरालाई भोट दिदा ज्वाईका आफन्त रिसाउने र ज्वाईलाई भोट दिदा ससुराका आफन्त रिसाउने भएपछि संकटमा परेको उनीहरुका आफन्तले वताएका छन् । काग्रेस र माओवादी केन्द्रको प्रतिस्पर्दा हुँने वडाको रुपमा रहेको यो ठाउँमा ससुरा ज्वाई एकै पदमा उठ्दा तिव्र प्रतिस्पर्दा हुँने देखिएको छ । ससुरा र ज्वाई मध्य एक जनाले उम्मेदवारी फिर्ता लिन उनीहरुका आफन्तले आग्रह गरेपनि कसैले उम्मेदवारी फिर्ता नलिएको वताएको छ ।
जाजरकोटको शिवालय गाउँपालिकामा जेठाजु र बुहारी फरक पार्टीबाट उम्मेदवार भएका छन् । माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखमा लालबहादुर थापा उम्मेदवार हुनुभएको छ भने उहाँकी बुहारी कुमारी थापा एमालेबाट उपप्रमुखको उम्मेदवार हुनुहुन्छ ।
एमालेबाट २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा साविकको सीमा गाविसबाट अध्यक्ष जित्नुभएका लालबहादुर यसपटक एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको हो । उहाँले पार्टी छाडे पनि मतदातालाई विचलित हुन नदिन उहाँकै सहोदर भाइ हरिबहादुरकी श्रीमती कुमारीलाई एमालेले उपप्रमुखमा टिकट दिएको हो । एउटै घरमा फरक पार्टीबाट दुई उम्मेदवार भएपछि प्रचारप्रसार गर्न समेत समस्या परेको छ । उहाँहरूका आफन्तसमेत अन्योलमा परेका छन् ।





error: Content is protected !!