हुम्लाका सातै गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता, कतै समीकरण, कतै एकल

हुम्ला , जिल्लाका सातै वटा गाउँपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, राप्रपा, लगायत पार्टी र स्वतन्त्र व्यक्तिहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्। नाम्खामा गाउँपालिकामा काग्रेसबाट प्रमुखमा छिरिङ्गीपाल्जोर लामा, उपप्रमुखमा लामु लामा, एमालेबाट नोरजङ्ग लामा, र उपप्रमुख पेमाकाँडो लामा र माओवादी केन्द्रबाट प्रमुखमा विष्णु तामाङ, फुली तामाङले उम्मेदवारी दिएका छन्।

सिमकोट गाउँपालिकामा का‌ंग्रेसले प्रमुखमा पदम लामा, उपप्रमुख सुशीला रोकाया, एमालले प्रमुखमा नरबहादुर रोकाया, उपप्रमुखमा प्रेमा लामा, माओवादी केन्द्रले प्रमुखमा महेन्द्रबहादुर शाही र नयाँ शक्ति पार्टीले प्रमुखमा जसबहादुर भण्डारीलाई उठाएको छ। सिमकोटमा माओवादी केन्द्रको समर्थनमा बलि रावतलाई स्वतन्त्र उपाध्यक्ष उठाइएको छ। त्यस्तै खार्पुनाथ गाउपालिकामा नेपाली काँग्रसले कर्ण रावल, सिन्दु हमाल शाही, एमाललेले प्रेम बुढा, रुपा शाही, माओवादी केन्द्रले गणेश रावल, काल्ची ऐडिललाई क्रमशः प्रमुख, उपप्रमुख पदमा मनोनय दर्ता गराइएको छ। सर्केगाड गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच समीकरण गरी माओवादीका कृष्ण रोकाया प्रमुख, एमालेका जोसी धामी उपप्रमुखमा मनोनय दर्ता गराइएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए। चंखेली गाउँपालिकामा काँग्रेसबाट प्यारीलाल शाही, मेना बुढा, एमालेका खड्कबहादुर शाही, विमला शाही र माओवादी केन्द्रबाट धनलाल चौलागाईंले प्रमुखमा मनोनय दर्ता गराएको बताइएको छ।

अदानचुली गाउँपालिकामा कांग्रेसबाट लोकन्द्र भण्डारीले प्रमुख, एमालेलेका दल फडेरा सौेमती ऐडीले उपप्रमुखमा र माओवादी केन्द्रका दलु फडेरा प्रमुख, अनिता बुढाले उपप्रमुख पदमा मनोनय दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। ताँजाकोटमा कांग्रेस र एमालेबीच समीकरण भई एमालेका पूर्णप्रसाद ढकाल प्रमुख र कांग्रेसबाट सुरेन्द्र थापालाई उपप्रमुख पदमा उठाइएको छ।





error: Content is protected !!