सेना अधिकारीको आकस्मिक बैठकद्वारा सुरक्षा सतर्कता अपनाउने निर्णय

नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आइतवार राति बसेको उच्च सैनिक अधिकारीहरुको आकस्मिक बैठकले वर्तमान परिस्थितिको बिशेषण गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा स्थानीय तहको निर्वाचनको नजिकिँदो मिति र सहमतिको निर्माण गर्न राजनीतिक दलबीच भइरहेको प्रयास बारे पनि बैठकमा समीक्षा गरिएको जनाइएको छ ।

प्रधानन्यायाधीशविरुद्ध आकस्मिकरुपमा संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामालगायत देशमा हाल विकसित घटनाक्रमको समीक्षा गर्न बसेको सेनाको उच्चस्तरको बैठकमा मुलुकको समग्र सुरक्षा चुनौतीको विश्लेषण गरिएको बताइएको छ ।





error: Content is protected !!