जाजरकोटमा चट्याङ्ग लागेर पाँच घाइते ,एक जनाको अवस्था गम्भिर

जाजरकोटमा हिजो वेलुकीपख परेको चट्यागंका कारण पाँच जना घाइते भएका छन । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नंं ं८ स्थित कोल चिउरामा आइतवार वेलुकी पख परेको चट्यागं गाँउ नजिकै रहेको विद्युतपोलमा परे पछि विद्युत तारमार्फत केहि घरमा जडान भएका मिटर वक्स रेडियो टिभि समेतमा क्षति पुगेको स्थानीयले जनाएका छन ।
चट्यागले कोलचिउरा गाँउका लक्षीमान कामी , हिमराज वि.क। , सुनिता वि.क., डम्वर वहादुर शाही र धनरुपा वि.क. घाइते भएका छन् ।
घाइतेमध्य लक्षीमान कामीको अवस्था गम्भीर रहेको वताइएको छ ।घाइतेको गाँउमै उपचार भइरहेको छ भने लक्षिमाणलाई भने थप उपचाका लागि रुकुमको राडि वजारमा रहेको पोलिक्लिनकमा लगिएको छ ।
गाँउमा संचालनमा रहेको स्थानीयल लघु जलविद्युत आयोजना समिति वाट वितरित विद्यूतमा चट्याङ्ग प्रतिरोधात्मक क्षमताको राम्रो अर्थिङ्ग नभएकोले केहि घरमा समेत क्षति पुर्याएको स्थानियले वताएका छन ।
जाजरकोटका अधिकासं गाँउमा संचालनमा रहेका लघु जलविद्युत आयोजनाहरुमा अर्र्थिङ्ग राम्रो नभएकोले समस्या आउने गरेको छ ।





error: Content is protected !!