बन्गाड कुपिण्डे नगरमा माओवादि केन्द्रको जन सभा

दुर्गा वि.सी
बन्गाड कुपिण्डे नगरपालीकाको सल्लीवजारमा आज उज्यालो नेपालका अभियान्ता उर्जा मन्त्री जर्नादन शर्मा प्रभाकरले जनसभालाई सम्वोधन गरेका छन् । नेकपा माओवादि केन्द्र बन्गाड नगरपालीकाले आयोजना गरेको जन सभामा मन्त्री प्रभाकरले सँघियाता,धर्म निरपेक्षता,पुनर संरचना र नयाँ नेपालको परिकलपना गर्ने नेकपा माओवादिको देन रहेको वताए । देशमा विकास निमार्णका योजनाको खाका माओवादिसँग मात्रै रहेको वताए
। देशलाई अवको केहिदिनमै लोडसेडिङ्ग मुक्त गर्ने र उर्जामा सवल सक्षम देश निमार्ण गरि विश्व सामु विकासको ढोका खोल्ने दावि गरेका छन् । सयौ मासलाई सम्बोधन गर्ने क्रममा उज्यालो नेपालका अभियान्ता प्रभाकरको मन्तव्य सर्वसाधारण नागरिक अन्य राजनैतिक दलहरुको घुईचो लागेको थियो । बन्गाड कुपिण्डे नगरपालीकाले आयोजना गरेको जन सभाको प्रमुख अतिथि जर्नादन शर्मा,जिल्ला अध्यक्ष तथा बन्गाड कुपिण्डे नगरपालीकाका मेयरका उम्मेदवार कर्ण वहादुर वुढाथोकि,दलित मुक्ति मोर्चाका कमल वि.क लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
नगर स–अध्यक्ष धन वहादुर पुनको अध्यक्षतामा भएको जन सभाको सञ्चालन नगर नगर अध्यक्ष किर्ति वहादुर रानाले गरेका थिए ।



