कक्षा १२ को परीक्षा १० गतेबाट सुरु

कोहलपुर,यस वर्षको कक्षा १२ को परीक्षा बैशाख १० गते देखि २२ गते सम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका अनुसार बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्लामा गरी नियमित तर्फ १५ हजार पाँच सय ५६ र आंशिक तर्फ ११ हजार पाँच सय ४१ जना विद्यार्थीहरुले परीक्षामा भाग लिने भएका छन् ।
१० जिल्लामा ८४ जना केन्द्राध्यक्ष रहेका छन् । सबै भन्दा बढि नियमित तर्फ ३ हजार ७ सय २७ जना विद्यार्थी बाँके जिल्लामा रहका छन् भने आंशिक तर्फ २ हजार ८ सय विद्यार्थी सुर्खेतमा रहेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख गिरीमान थापाले बताउनुभयो । सबै भन्दा बढि २४ सय ९१ विद्यार्थी जनमावि सुर्खेत र सबै भन्दा कम डोल्पामा ३ सय ५ विद्यार्थी रहेको उहाँले बताउनुभयो ।
व्यवस्थित र योजनाबद्व तरिकाले परीक्षालाई मर्यादित बनाउनका लागि सम्पूर्ण कर्मचारी, जिल्ला परीक्षा समन्वयन समितिका पदाधिकारीहरुबाटै परीक्षाको अनुगमन गर्ने व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।
परीक्षा अवधि भरी अमयादित कार्य गरेको पाईएमा परीक्षमा खटिएका निरिक्षक, कर्मचारी जो कोहिलाई पनि कानून अनुसारको कारवाही गर्ने, एक वर्ष कदै र एक लाख रुपैयाँ जरिवना गरिने उहाँले बताउनुभयो ।
त्यस्तै १० वटा जिल्लाहरुमा कक्षा ११ र १२ का लागि २ सय ८१ वटा विद्यालयहरु रहेको उहाँले बताउनुभयो ।
बाँके जिल्लामा कक्षा १२ को परीक्षाका लागि १७ वटा केन्द्रहरु निधारण गरिएको जनाईएको छ । बाँकेमा कक्षा १२ मा परीक्षा दिने नियमति तर्फ ३ हजार ७ सय २७ जना विद्यार्थी रहेको छन् भने आंशिक तर्फ २ हजार ३ सय ७३ जना विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुरले जनाएको छ ।
१० वटा जिल्लाका ८४ जना केन्द्राध्यक्ष मध्ये ६ जना महिला र ७८ जना पुरुष रहेको जनाईएको छ ।



