माओवादी केन्द्रले उम्मेदवार घोषणा ग¥यो

रामवहादुर रावत,
वाँके ,नेकपा माओवादी केन्द्रले शनिबार बाँकेका सबै गाउँपालिका तथा नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरु घोषणा गरेको छ । बाँकेको कोहलपुर चौराहामा घोषणा सभा गरी उम्मेदवारहरुको घोषणा गरेको हो ।
कोहलपुर नगरपालिकाबाट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष युवा नेता नरेन्द्र न्यौपाने प्रमुख, देबि थारु उपप्रमुखमा चुनाव सर्वसम्वत पारीत गरेको बताए । माओवादी केन्द्र बाँकेका राप्तिसोनारी गाउँपालिकाबाट पूर्व सभासद् पट्टु थारु , बैजनाथ गाउँपालिकाबाट राजमोहन थारु, खजुरा गाउँपालिकाबाट डम्बर बिक तुफान, जानकी गाउँपालिका रक्षा राम बर्मा, डुडुवा गाउँपालिकाबाट भोला यादव, नरैनापुर गाउँपालिकाबाट मेराज अहमद खाँलाई अध्यक्षको उम्मेदवार बनाइएको छ ।
प्रमुख अथिति पूर्व उपसभा प्रमुख हाल महाधिबेशन आयोजनाको सदस्य पूर्णकुमारी सुवेदी, सभापतिमा नगर प्रमुख तेज प्रसाद चापागाँई, माओवादी केन्द्र कोहलपुरका १५ बटै वडाका वडा अध्यक्ष र सदस्यहरु, वाइसेल महाधिबेशनका केन्द्रिय सदस्य लगाएतको सहभागीता रहेको थियो । माओवादी केन्द्रका वडा नं. १ मा अमर चन्द, २ मा अमर बिक, ३ मा तराकेशर रिजाल, ४ मा तिरथ राम थारु, ५ मा शिव सुनार, ६ मा राम सरण थारु, ७ मा छेदा थारु, ८ मा हस्त बिक, ९ मा छब्बन अलि नट, १० मा देबि लाल बोहरा, ११ मा शेषकान्त शर्मा, १२ मा दशरथ पराजुली, १३ मा गगन राना, १४ मा दानबहादुर ओली र १५ मा जगराम थारु सहित अन्य ४ जना सदस्यलाई उम्मेदवारहरुको घोषणा गरेको छ ।



