६ प्रदेश सुनको डल्ला हो ः उर्जामन्त्री शर्मा

सुर्खेत वैशाख ९ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले ६ नम्बर प्रदेशलाई सुनको डल्लाको संज्ञा दिनुभएको छ । शनिवार नेपाल उद्योग व्यापार संघ सुर्खेतले विरेन्द्रनगरमा आयोजना गरेको शुभकामना तथा अभिनन्दने कार्यक्रममा वोल्दै मन्त्री प्रभाकरले ६ नंम्वर प्रदेशको श्रोतलाई प्रयोग गर्न कुशल कालिगढको आवश्यकता रहेको वताउनुभयो ।
नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तरर्गत अव उर्जा क्षेत्रमा प्रत्येक घर नेपालीको १ लाख रुपैंया वरारवरको शेयर रहने भन्दै उहाँले नेपाली यूवाहरुले १ लाखको अतिरिक्त अरु ६० हजार रुपैंया पनि लगानी गर्न पाउने वातावरण वनाइएको वताउनुभयो ।
त्यसको लागि सरकारले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । शेयर खरिदका लागि नगद नहुने नेपालीले श्रम गरेर शेयर हाल्न पाउने व्यवस्था गरिएको छ उहाँले भन्नुयो । कार्यक्रममा वोल्दै उद्योग व्यापार संघका अध्यक्ष सुर्य थापाले मन्त्री शर्मालाई ज्ञापन पत्र वुझाउँदै सुर्खेतको काँर्केविहारलाई दोस्रो गौतमवुद्ध तिर्थस्थल वनाउँन पहल गर्न अनुरोध गनुभयो । त्यस्तै वीरेन्द्रनगरमा रहेको विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थलको रुपमा विस्तार गर्नुपर्ने , वन्द भएका सिमेन्ट कारखाना सञ्चालनमा ल्याउन पहल गर्नका साथै ६ नंम्वर प्रदेशलाई संम्वृद्ध वनाउँनका लागि नेतृत्व लिन आग्रह गरिएको छ ।
६ नंम्वर प्रदेश भित्र रहेको नलसिंङ गाड जलविद्युत आयोजना छिटो निर्माणका लागि पहल , विभिन्न जडीवुटी प्रसोधनका लागि व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । यो प्रदेश भित्र रहेका सडकले जोडेमा मात्र विकासका थप ढोका खुल्ने भएको भन्दै यातायात नपुगेका डोल्पा लगाएतका जिल्लामा छिटो सडक निर्माण गर्न आग्रह गरिएको छ । ६ नंम्वरका सवै जिल्लामा विद्युुतिकरण गर्नका लागि सडक निर्माण कार्य तिव्र हुनुपर्ने कुरामा जोड दिदै त्यस्को नेतृत्व गर्न ७ वुद्धे ज्ञापनपत्र वुझाएको थियो । ज्ञापनपत्र वुझदै उर्जा मन्त्री शर्माले सवै कुरा ६ नम्वरको विकास र सम्वृद्धीका लागि आफु सझै यी कुराको पुर्तीका लागि लागि परेको वताएका छन् ।
पत्रकार महासंघ शाखा सुर्खेतको अध्यक्षमा पुनः भारती निर्वाचित
सुर्खेत वैशाख ९ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा फेरी गणेशकञ्चन भारती निर्वाचित हुनुभएको छ । शुक्रबार ४ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा जम्मा १३७ मत खसेका थियो । अध्यक्ष भारतीले ७३ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी लक्ष्मण भण्डारीलाई १० मतको अन्तरले पराजित गर्नुभएको हो । भण्डारीले ६३ मत ल्याएका छन् । भारती प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल संयुक्त प्यानलका हुन भने भण्डारी प्रगतिशिल पत्रकारहरुको संयुक्त प्यालनका हुन् ।
खुल्ला उपाध्यक्षमा ललित बसेलले ७४, सचिवमा सुदिप पुरीले ७७, सह–सचिव खुलामा ललित गाहाले ८१ र समावेशीमा नन्दबहादुर गेलाङले ८० र कोषाध्यक्षमा टेकेन्द्र विश्वकर्माले ७१ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा भारती प्यानलका खगेन्द्रप्रसाद अधिकारी, चिन्तमणि कंडेल, पुरुषोत्तम सापकोटा, भिमप्रसाद पौडेल र रमेशकुमार पाण्डे निर्वा्चित भएका छन् । महिला सदस्यमा सविता जिसी, दलित सदस्यमा गोविन्द विक, जनजाती सदस्यमा नरजंग तामाङ र अल्पसंख्यक सदस्यमा अशोक राजी निर्वाचित भएका छन् । तर महिला उपाध्यक्षमा माया थापा निर्विरोध रुपमा निर्वाचित हुनुभएको निर्वाचन समिति ले शनिवार घोषणा गरेको छ ।
हेमन्त के सी रासस सुर्खेत



