किसानले उत्पादन गरेको वस्तुले वजार नपाएको गुनासो

जाजरकोट । जिल्लाको सवै भन्दा वढी तरकारी उत्पादन हुँने मटेलाका किसानहरुले उत्पादन गरेको वस्तु विकाउन वजार नपाएको गुनासो गरेका छन् । गहुँको सट्टामा तरकारी खेती गदैँ आएका यहाँका दर्जनौँ किसानहरुले जिल्ला कृषि विकास कार्यालय र पत्रकार संग यस्तो गुनासो गरेका हुँन् ।
आफुले उत्पादन गरेको लसुन ,सिमी, वन्दा,काउली, प्याजले राम्रो संग वजार नपाउँदा आफुहरु समस्यामा परेको किषक हजारी खत्रीले वताईन् । आफुले एक सिजनमा १ लाख ५० हजार भन्दा वढीको तरकारी खेतिवाट आम्दानी गदै आएको उनले वताईन् । ठुलो तरकारी खेती गर्ने किसानले ५ लाख भन्दा माथी कमाउने गरेको उनको भनाई छ । विगत १८ वर्ष देखि तरकारी खेति गदैँ आएकी किसान कालुदेवि पुनले एक सिजनमा मात्र ७ लाख भन्दा माथी कमाउने गरेको वताईन् । तरकारी खेतिवाटै उनले छोरा र छोरीलाई उच्च शिक्षा जिल्लावाहिर पढाईरहेको वताईन् । विभिन्न संघ संस्था र जिल्ला कृषि विकास कार्यालयले दिएको तालिमवाट आफुलाई तरकारी खेति गर्न उर्जा मिलेको उनले वताईन् । अहिले जिल्ला कृषि विकास कार्यालय र उच्च मुल्य कृषि आयोजनाले यहाँका दर्जनौँ किसानहरुलाई सहयोग गदैँ आएको अर्का किसान कृष्णकला रोकायले वताईन् । मकै, गहुँ खेति भन्दा तरकारी खेतिवाट फाईदा हुँने गरेको किसानहरुले वताएका छन् ।
आफुहरुले उत्पादन गरेको तरकारीले वजार नपाउँदा अलि समस्य भएको रोकायकोदुखेसो छ । यो भन्दा पहिले यहाँको तरकारी सुर्खेत र नेपालगन्जका व्यापारीले खरिद गरि वाहिर जिल्ला विक्री हुँने गरेको थियो । अहिले जिल्ला सदरमुकाम , रुकुमको चौरजहारी ,सल्यानको सल्लीवजारमा विक्री हुँने गरेको छ । त्यस्तै कास्तराका तरकारी उत्पादक किसानहरुले तरकारी वजार सम्म लिनका लागि सडक निर्माण गरिदिन माग गरेका छन् । सडक नहुँदा दुख गरि उत्पादन गरेको तरकारी वजार सम्म लिन नसकेको उनीले वताएका छन् । आफैले डोकोमा वोकेर लिएको तरकारी विक्री गदै सस्तोमा विक्री हुँने गरेको दुखेसो पोखेका छन् । डोकोमा वोकेर लिन टाढा लिन नसकिने भएका कारण सस्तोमा विक्री गर्न वाध्य भएको किसानहरुको भनाई छ ।
यातायातको सहुँच जिल्लाका सवै ठाउँमा भएको भए जिल्ला भित्र नै खपत गर्न सजिलो हुँने किसानहरु वताउँछन् । तरकारीको उत्पादनको भण्डार भनेर भनेर चिनिने यहाको भेरी नगरपालिकाको वडा ११ मटेला र कास्तराका किसानहरुका छोरा,छोरीहरु महंगा विद्यालय र ईन्जिनियर , एच ए , लगाएतका राम्रो शिक्षा पढ्दै गरेको वताएको छ । सडक विस्तार गरि तरकारी वजार सम्म लिन अवस्था सिर्जना भएमा उहाँका किसानहरुको आर्थिक अवस्था अझ सुर्धिने देखिन्छ । यत्ता जिल्ला कृषि विकास कार्यालयले किसानका लागि जीवन स्तर सुधारका लागि विभिन्न कार्यक्रम जारी रहेको वताएको छ ।
अनुगमणमा पत्रकारहरु ।



