नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा–सिंह

जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा सिंह चयन भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा भीमबहादुर सिंह अध्यक्षमा चयन भएका हुन् ।
सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन भएका छ । यसैगरी उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा लिला पौडेल, सचिवमा हेमन्त केसी, सह सचिव समावेशीमा रामचन्द्र घर्ती मगर, सह सचिव खुल्लामा युद्धजित शर्मा, कोषाध्यक्षमा दिप बहादुर घर्ती र खुल्ला सदस्यमा तिर्थराज बोहरा, सरोज वली, बासुदेव शर्मा, चन्द्र प्रकाश खत्री, महिला सदस्यमा सुरिता बस्नेत, जनजाती सदस्यमा नरेश राना मगर, दलित सदस्यमा करिष्मा परियार, अपांग सदस्यमा सुरेन्द्र बहादुर सिंह निर्विरोध चयन भएका छन् ।



