नयाँ शक्ति जाजरकोट ,नेकपा माओवादी केन्द्रमा विलय

 नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बीच संयोजक ईन्द्रप्रसाद शर्मा (प्रशान्त) ले नयाँ शक्ति नेपाल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नयाँ शक्ति जाजरकोट नेकपा माओवादी केन्द्रमा विलय पुरै टिम विलय भएको छ ।

prshantशर्मा संगै पार्टीमा प्रवेश गर्ने नेपाली कांग्रेसका पूर्व जिल्ला कार्य समितिका सचिव एवं दह (साविक) गाविसका निर्वाचित गाविस अध्यक्ष नरजित शाही र नेकपा एमाले सीमा (साविक) गाविसका पूर्व गाविस अध्यक्ष लालबहादुर थापाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ढकबीर राना (शान्त) ले बताए ।

नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला क्षेत्र नम्बर १ का पूर्व सभाषद कालीबहादुर मल्लले अविरावरण गरेर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।

शर्माले नयाँ शक्ति नेपाल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरे पश्चात कार्यक्रममा बोल्र्दै नामको मात्र नयाँ शक्ति भएको र नीति नीयम पुरानै भएको बताए ।’ आदर्श र भावनात्मक कुराले पार्टी नचल्ने भएकोले आफूले पार्टी परित्याग गरेको पनि बताए । उनका अनुसार विचारको राजनीति र नीति निर्माण जनपक्षिय हुनुपर्ने बताए । अब नेकपा माओवादी केन्द्रमा रहेर आफूले जिम्मेवारीपूर्वक पार्टीको काम, कारवाहीलाई अगाडी बढाउने बताए ।

शर्मा मिलनसार, शान्त, शालिन र भद्र स्वभावका भएकाले पनि उनलाई जाजरकोटी जनताले रुचाएको लोकप्रिय नेताको रुपमा चिनिनु हुन्छ ।

यो संगै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र नेपाल कम्युष्ट पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या १३ सय ५७ पुगेको नेकपा माओवादी केन्द्रले बताएको छ ।

 





error: Content is protected !!