दुई हप्ता देखि पुर्वी जाजरकोट सञ्चार विच्छेद

जाजरकोट । पुर्वी जाजरकोटका सवै नगरपालिका र गाउँपालिका सञ्चार सेवावाट वन्चित भएका छन् । दुई हप्ता देखि रोल्पाको रातामातामा रहेको रिपिटर टावरमा चट्यागले गर्दा खरावी आएपछि अवरुद्ध भएको फोन सेवा अहिले सम्मा सुचारु नभएको हो । अघेल्लो सुक्रवार देखि फोन सेवा अवरुद्ध भएको थियो ।
चुनावको मुखैमा आएर यसरी फोन सेवा वन्द भएपछि यहाँका दलहरु चुनावी गतिविधी गर्न तथा स्थानीयहरु खवर आदानप्रदान गर्न समस्या भएको वताएका छन् । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका , वारेकोट गाउँ पालिका र रुकुमको आठविसकोट नगरपालिकाका हजारौ सेवा ग्रही मर्कामा परेका हुँन् । यस क्षेत्रमा रहेका आईएमई सेन्टर समेत वन्द भएका छन् । दुई हप्ता सम्मा वन्द हुँदा यहाँका स्थानीयहरु आफ्न्त संग सम्पर्क गर्न नभएको वताएका छन् । गाउँमा मतदाता शिक्षा, विभिन्न संघ संस्थाका गतिविधी , जिल्ला स्वास्थ्य कार्यालयको तालिम समेत प्रभावित भएको छ । प्रहरी चौकीमा समेत सुरक्षाको रणनीति वनाउँन समस्या भएको छ ।
यत्ता नेपाल टेलिकम जाजरकोट शाखाका प्रमूख लोकेन्द्र भण्डारीका अनुसार टावर मर्मत गर्न अझै केही दिन लाग्ने र सवै नयाँ सामग्रीहरु फेर्नुपर्ने देखिन्छ । दुर्गम गाउँमा नेपाल टेलिकम वाहेक अरु निजी कुनै पनि कम्पनीका फोनले काम गदैँनन् । फोन गर्न जाजरकोट सदरमुकाम आउँनुपर्ने वाध्यता आई लागेको वारेकोट गाउँपालिकाका नरवहादुर गिरीले वताए ।



