आचारसंहिता उल्लंघन गर्दै ठूला दल

वर्दीया । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भेरी अञ्चलस्तरीय आमसभामा सरकारी सवारीसाधन प्रयोग गरिएको छ । शनिबार गुलरियास्थित आँप बगैंचामा आयोजित सभामा पूर्वराज्यमन्त्री कुन्तीकुमारी शाहीे बा२झ १६७२ नम्बरप्लेटको गाडी चढेर पुगेकी हुन् । उक्त गाडी तीन घण्टासम्म मञ्चछेउमै राखिएको थियो । उनले उक्त गाडी चैत २२ गते उपत्यकाबाहिरका कार्यक्रममा सहभागी हुन प्रयोग गर्दै आएकी छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख पवनकुमार शाहीले आमसभास्थलमा सरकारी सवारीसाधन प्रयोग गर्नु आचारसंहिताविपरीत भएको बताए । उनले सदरमुकामसम्म निर्वाचन आयोगको अनुमतिमा ल्याउन सकिने भए पनि आमसभास्थलमा लैजान नसकिने जनाए ।
विद्यालयमै कार्यक्रम
लमजुङ– कांग्रेस मस्र्याङ्दी गाउँपालिका समितिले चैत २६ मा बाहुनडाँडाको चन्द्रोदय माविमा गाउँ जागरण कार्यक्रम आयोजना गर्यो । कक्षाकोठाको हाइट बोर्ड ९सेतो पाटी० माथि ब्यानर टाँगेर आयोजना गरिएको कार्यक्रमसहितको तस्बिर फेसबुकमा अपलोडसमेत गरियो । एमाले बेंसीसहर नगर संगठन कमिटीले २ नम्बर वडाको भेला चैत २८ मा भकुन्डेस्थित बालकल्याण माविमा आयोजना गर्यो । माओवादी केन्द्रले पनि चैत ३० मा सुन्दरबजार नगर संगठन कमिटीको भेला सुन्दरबजारस्थित कृषि क्याम्पसमा गर्यो ।
पार्टीको झन्डा राखेर आयोजना गरिएको कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । प्रमुख दलका जिल्ला तहका संगठनले निर्वाचन आचारसंहिताविपरीत स्कुल, क्याम्पस, सरकारी स्वामित्वका भवनमा कार्यक्रम आयोजना गरिरहेका छन् । ठूला दलको सिको गर्दै राप्रपा, नयाँ शक्ति र संघीय समाजवादी फोरमलगायतले निर्वाचन प्रचारप्रसारमा सरकारी स्वामित्वका भवन प्रयोग गरेको स्थानीयले बताए । निर्वाचन आयोगको निर्देशनविपरीत पार्टीका नेताहरू मोटर बाटो शिलान्यास र गाउँ प्रवेशको गेट उद्घाटनलगायत कार्यक्रम सरिक भइरहेकै छन् ।
प्रजिअ ऋषिराम तिवारी भने जिल्लामा आचारसंहिता उल्लंघनका उजुरी अहिलेसम्म नआएको बताउँछन् । ‘आचारसंहिता उल्लंघन भएका घटनाबारे कहींकतैबाट उजुरी परेन । उजुरी परे ऐनकानुनबमोजिम कारबाही अघि बढ्ने हो,’ उनले भने । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अर्जुन अधिकारीले कार्यालय स्थापनासँगै आचारसंहिता कार्यान्वयनमा कडाइ गरिने बताए । उनका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आचारसंहिता उल्लंघटनका घटना हेर्नलाई छुट्टै अधिकृत तोकिनेछ ।



