स्थानी तहको निर्वाचन कुनै हालतमा हुन्छ ः पुर्व गृहमन्त्री वस्नेत

अर्जुन बोहरा
सिमकोट हुम्ला , नेकपा माअोवादी केन्द्रका पोलिटव्यूरो सदस्य शक्ती बस्नेतले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन कुुनैपनि हालतमा सम्पन्न हुने दावी गर्नु भएको छ ।
प्रदेश नम्बर ६ का इन्चार्ज समेत रहेका पूर्वगृहमन्त्री समेत रहेका नेता बस्नेतले निर्वाचन माअोवादी केन्द्रको बटम लाइन भएका कारण पनि वर्तमान सरकारले तोकेको स्थानीय तहको निर्वाचन वैशाख ३१ मै सम्पन्न हुने बताए ।हुम्लाको स्थानीय तहको उम्मेरदारी छनोटका लागि सिमकोट पुग्नु भएका नेता बस्नेतले प्रेस सेन्टर हुम्लाले सिमकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बस्नेतले मधेशीमोर्चा निर्वाचनमा आउने भए केही दिन तराइका केही जिल्लामा निर्वाचन सर्न सक्नेतर्फ समेत संकेत गर्नु भयो । स्थानीय तहको निर्वाचनमा केही दिनमै पार्टीको तर्फबाटका उम्मेरदवारको छनोट गरिने बताएका नेता बस्नेतले स्थानीय तहको निर्वाचनमा स्थानीय पार्टी कमिटिको सुझावका आधारमा अन्य राजनीतिक दलहरुसँगको सहकार्य गर्ने जानकारी दिनु भयो ।संविधान – माओवादी र माओवादी– संविधान शब्द नै प्रर्यावाची भएकोले पनि नेपालको संविधान स्थायत्वि गर्नको लागि पनि स्थानीय चुनाव माओवादीको केन्द्रको महत्पूर्ण भुमिका रहेको बताउनु भयो । सोमबार बाट शुरु भएको माओवादी केन्द्र जिल्ला पार्टी हुम्लाको बैठक आज सम्म चल्ने छ । ७वटै गाउँपालिका को रिर्पोटग पछि आज उम्मेदारीको ढुगो लाग्ने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विजय भण्डारीले जानकारी दिनुभयो ।



