चन्द र सिलवाललाई माथ गर्दै प्रकाश अर्याल भए आईजीपी

काठमाडौं, चैत २८ – नेपाल प्रहरीका डीआईजी जयबहादुर चन्द र नवलराज सिलवाललाई माथ गर्दै प्रकाश अर्याल आईजीपी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमवार बेलुका बसेको बैठकले अर्याललाई आईजीपी नियुक्त गरेको हो ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डीआईजी अर्याललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कार्यसम्पादन मूल्यांकनका आधारमा अर्याललाई आईजीपी नियुक्त गरिएको कानून मन्त्री अजयशंकर नायकले बताए ।

यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन गर्न रोक लगाएपछि प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाइएको थियो ।

चन्दलाई आईजीपी नियुक्त गरिएपछि अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए भने अर्का आईजीपी नवराज सिलवाल पनि अदालत पुगेका थिए ।
सिलवालले आफू प्रहरी प्रमुख बन्न योग्य रहेको रिटमा दावी गरेका थिए ।

बरिष्ठताका आधारमा मात्रै नियुक्ति गर्नु भन्ने सर्वोच्चको आदेशपछि मूल्यांकनमा अर्यालको नम्बर बढी आएका थियो । अर्यालको नम्बर बढी आएपछि सरकार अर्याललाई आईजीपी बनाउन बाध्य भएको हो । सत्तारुढ दल कांग्रेसले चन्दलाई तथा माओवादी केन्द्रले सिलवाललाई आईजीपी बनाउन चाहेको थियो ।





error: Content is protected !!