चार दिनदेखि पश्चिमका ६ जिल्लाको फोन सेवा अवरुद्ध

जाजरकोट, चैत २८ – पाँच जिल्लाको चार दिनअघि देखि नेपाल टेलिकमका सबै फोन सेवा सुचारु हुन सकेको छैन ।
गत शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जीएसएम र ल्याडलाइन फोन सुचारु नहुँदा जाजरकोट, रुकुम, रोल्पा, हुम्ला, मुगु र रोल्पाका सर्वसाधारण मारमा परेका छन् ।
अवरुद्ध फोन सेवा कहिलेदेखि सुचारु हुन्छ भन्ने खुलेको छैन । फोन सेवा अवरुद्ध भएको तीन दिनपछि मात्रै नेपाल टेलिकमको क्षेत्रिय निर्देशनालय नेपालगञ्जले फोन सेवा अवरुद्ध हुनुको कारणबारे भने जानकारी दिएको छ ।
२ वटा स्टेशनमा रहेका रेडियो उपकरण जल्दा जाजरकोट रुकुम, रोल्पा, हुम्ला, मुगु र रोल्पाको फोन सेवा अवरुद्ध भएको जनाएको छ ।
क्षेत्रिय निर्देशनालयले सूचना निकाली हिमपात र चट्याङका कारण रोल्पाको रातामाटा र जुम्लाको डाँफेको लेकमा रहेको रिपिटर स्टेशनमा रहेका रेडियो उपकरणहरुमा क्षति पुगेको जनाएको छ ।
क्षति पुगेका उपकरण मर्मत थालिएपछि मात्रै फोन सेवा कहिलेदेखि सुचारु हुने बताइएको छ । चट्याङका कारण जलेका उपकरण मर्मतको लागि प्राविधिक टोली त्यसतर्फ गएपनि भौगोलिक विकटकता र हिमापातका कारण मर्मत कार्यमा वाधा पुगेको जनाएको छ ।





error: Content is protected !!