धमाधम सरकारी जागिर छोडेर राजिनामा

सुर्खेत । दशकौ पछि स्थानीय तहको निर्वाचन घोषणा भएपछि राजनीतिक दलका स्थानीय नेताहरुलाई भन्दा पनि अरुलाई धेरै नै निर्बाचन लागेको देखिन्छ ।
मुख्यगरि यहि निर्बाचनको मेलो हेरेर सरकारी जागिरबाट धमाधम राजीनामा दिएर स्थानिय तहको निर्बाचनको प्रतिस्प्रधामा आउनेहरुको संख्या पनि देखिन थालेको छ । यसरी चुनाब लड्ने मनसायले सरकारी जागिर छोड्नेहरुमध्ये जिल्लामा शिक्षकहरुको संख्या धेरै छ ।
वैशाख ३१ गते तोकिएको स्थानीय तहको केहि महिनामा सुर्खेत जिल्लाका धेरै विद्यालयका शिक्षक शिक्षिकाहरुले राजीनामा दिएर राजनीतिमा आउने मनस्थिति बनाएका छन् । जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार राजीनामा दिनेहरु मध्ये धेरै संख्या प्रथामिक तहको शिक्षकहरुको छ ।
माध्यामिक तहका ५ जना शिक्षकले राजिनामा दिएका छन् भने प्रथामिक तहका १२ जना शिक्षक शिक्षिकाले छन् । त्यस्तै जाजरकोटमा ३ जना प्रावि तह र १ जना मावि तहका शिक्षकले राजिनामा दिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो । त्यस्तै जाजरकोटमा एक जना वडा सचिवले पनि राजिनामा दिएका छन् । राजिनामा दिएका अधिकांश टिकट पाएर प्रचारमा लागेको देखिन्छ ।



