किन क्याबिनेट वहिष्कार गर्ने निश्कर्षमा पुगे निधि ? बचे यस्तो खतराबाट

काठमाडौं, चैत २८– उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबारको मन्त्रिपरिषद्को बैठक बहिष्कार गरेका छन् ।
उपप्रधानमन्त्रीको बरियता विवादका कारण निधिले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गर्न पुगेका हुन् । यसअघि निधिले राजीनामा दिने मनस्थिति बनाएपनि पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा नदिन सुझाएपछि उनले दोस्रो वरियतामा कमल थापालाई अस्विकार गर्दै बैठक बहिस्कार गरेको बताइएको छ ।
मन्त्रिपरिषद् बैठक शुरु हुनुभन्दा झण्डै एक घण्टाअघि निधि मन्त्रालयबाट निवासमा पुगेर आराम गरिरहेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए । निधिले बैठक बहिस्कार गरेसँगै कमल थापाले नै दोसो वरियता पाएका छन् ।
गृहमन्त्रीबाट राजीनामा दिँदा व्यक्तिगत रुपमा हुन सक्ने क्षतिलाई समेत ध्यानमा राखेर उनी राजीनामा नदिई क्याबिनेट बहिस्कार गर्ने निर्णयमा पुगेको बताइएको छ । यदी राजीनामा दिएको भए राजनीतिमा उनले नोक्सानी पनि बेहोनुपर्ने हुन सक्थ्याे ।
उनले गृहमन्त्रीबाट राजीनामा दिएर हिँडेको भए चुनावको मुखमा धेरै शक्ति गुमेको हुने थियो भने अहिले प्रयोग गरिरहेको साधनस्रोतमाथिको पकड गुम्ने थियो ।
गृहमन्त्री भैरहदा आगामी स्थानीय चुनावमा काँग्रेसलाई जिताएर जस लिने ठूलो मौका निधिको लागि छ । राजीनामा दिएर निस्कने र काँग्रेसले चुनाव जित्यो भने निधिले यो जस पाउने अवस्था थिएन बरु, निधि नभएपनि काँग्रेसमा अरु शक्तिशाली गृहमन्त्री छन् भन्ने सन्देश जाने थियो । यी कुरा पनि बुझेर उनले राजीनामा नदिई नयाँ विकल्प सोचेको हुन सक्छ ।
राजीनामा दिएर निस्कदा निधिका अगाडि आउँने सवैभन्दा ठूलो जोखिम भनेको पार्टी सभापति शेरबहादुर देउवासँग दूरी बढ्ने खतरा थियो । जुन उनले अहिले कायम राखेका छन् ।
बिमलेन्द्र निधि प्रचण्ड नेतृत्वको सरकारका एक ठूला खेलाडी हुन् । यदि उनले राजीनामा दिएर निस्केको भए देउवासँग उनको दूरी बढ्ने त थियो नै कृष्ण सिटौलालले उनको ठाउँ लिन सक्ने खतरा थियो ।
प्रचण्डसँग राम्रो सम्बन्ध रहेका सिटौलालाई देउवाले आफु भावी प्रधानमन्त्री बन्नका लागि सक्रिय बनाउन सक्ने खतरा थियाे जुन दिल्लीसँग निकट सम्बन्ध रहेका भनिएका निधिका लागि सुखद नहुन सक्थ्यो ।
अहिलेको मन्त्रिपरिषद्बाट निधि निस्किएको भए काँग्रेसका मन्त्री र प्रधानमन्त्रबीच अविश्वासको वातावरण समेत देखिन सक्थ्यो भने जुन चुनावी तयारीमा लागेको सरकारका लागि पनि सुखद हुने थिएन ।
ratopati .com



