निर्वाचनसम्बन्धी क्षेत्रीय प्रशिक्षण सुरु आयुक्त शाह भन्छन्,‘निर्वाचन एकै चरणमा हुन्छ’ ड्ड आचारसंहिता उल्लंघन गर्ने मन्त्रीले स्पष्टिकरण दिन डराइरहेका छन्

               सुर्खेत, २८ चैत– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी भैरहेको जनाएको छ । वीरेन्द्रनगरमा सोमबार आयोजित निर्वाचन अधिकृतहरुका लागि निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त सुधिरकुमार शाहले प्रदेश नम्बर दुईमा चुनाव हुदैन् की भनेर शंका पालेर नबस्न आग्रह गर्नुभयो । ‘एडिस्नल फोर्स परिचालन गरेर भएपनि दुई नम्बर प्रदेशमा आयोगले चुनाव गराउछ’ उहाले भन्नुभयो, चार वटै सुरक्षा निकायसंग परामर्श गरिरहेका छौं । त्यहा“को सुरक्षा स्थिति नियन्त्रित नै छ । त्यसैले देशभर एकै दिन निर्वाचन हुन्छ ।’

आयोगका उच्चस्तरीय सुरक्षा समन्वय समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त शाहले ०७० सालको संविधानसभा निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै नेपाली सेनालाई भूमिका दिने बताउनुभयो । उहाले निर्वाचन आचारसंहितालाई कडाईका साथ पालना गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री बिमलेन्द्र निधिसहितका दुई मन्त्रीले आचारसंहिता उल्लंघनको गरेकाले स्पष्टिकरण सोधिएको उहाको भनाई थियो । ‘तर, उहा“हरुले स्पष्टिकरण दिन डराइरहनुभएको छ आचारसंहिता अनुगमन समितिका संयोजक शाहले भन्नुभयो, ‘पुनः स्पष्टिकरण माग्छौं । यदि अटेर गरे आयोग कानुनी कदम चाल्न बाध्य हुन्छ ।’

दुई दिने प्रशिक्षणमा मध्यपश्चिमका दाङ, सल्यान, रुकुम, प्यूठान, जाजरकोट, डोल्पा, मुगु कालिकोट, जुम्ला, हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सहभागिता छ । निर्वाचन आयोगले जिल्ला न्यायधिसलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवस्तरका कर्मचारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।





error: Content is protected !!