निर्वाचनमा उम्मेदवारको खर्च सीमाः डेढ लाखदेखि साढे ७ लाख रुपैयाँसम्म

काठमार्डौं । आगामी बैशाख ३१ गते हुने स्थानीय चुनावमा महानगरपालिकादेखि गाउँ गाउँपालिकासम्मका उम्मेदवारले गर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण तालिका सार्वजनिक गरेको छ ।
आयोगको तालिका अनुसार जिल्ला समन्वय समितिदेखि महानगरपालिकासम्मका प्रमुख तथा अध्यक्षले २ लाख ५० हवारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । वडा अध्यक्ष र सदस्यहरुले १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
उम्मेदवारहरुले उम्मेदवार मतदाता नामावली खर्च, सवारी साधन तथा इन्धन खर्च, प्रचार–प्रसार सामग्री, गोष्ठी, कार्यकर्ता परिचाल, प्रतिनिधि परिचालन लगायतमा खर्च गर्नेछन् ।
जसमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै, नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख र उप्रमुखले ५ लाख ५० हजार र महानगरपालिकाका प्रमुख उपप्रमुखले ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।



