सुर्खेतका ९ स्थानीय तहमा १ लाख ८५ हजारले भोट हाल्न पाँउने

सुर्खेतका १ लाख ८५ हजार भन्दा बढी मतदान गर्न पाउँने भएका छन् । यहाँको जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार पाँच वटा नगरपालिका र ४ वटा गाउँपालिकामा ९५ हजार ७ सय ३० महिला, ८९ हजार ७ सय ९१ पुरुष र १ तेस्रो लिङ्गी गरी १ लाख ८५ हजार ५ सय २२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । नयाँ सिमांकन अनुसारको साविकको वीरेन्द्रनगर नगरपालिकामा, गढी, रतु र गर्पन गाविस समेत गरी नयाँ बनेको वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ७ सय ९९ मतदाता रहेका छन् ।
त्यस्तै साविकको भेरीगंगा नगरपालिकामा लेखपराजुल गाविस समावेश गरी बनेको भेरीगंगा नगरपालिकामा २३ हजार ३ सय ७३ मतदाता रहेका छन् । सालकोट, बाबियाचौर, छाप्रे, विद्यापुर र तातापानी गाविस मिलेर बनेको पञ्चपुरी नगरपालिकामा १७ हजार ३ सय ७४ मतदाता रहेका छन् ।
त्यसैगरी साविकको सुभाघाट नगरपालिकामा मालारानी, धारापानी र सहारे गाविस समेत गरी बनेको गुर्वाकोट नगरपालिकामा २५ हजार ९ सय ६८ मतदाता रहेका छन् ।
यस्तै लगाम, बेतान, बिजौरा, गुटु र घाटगाउँ गाविस मिलेर बनेको चौकुने गाउँपालिकामा १२ हजार ६ सय २६ मतदाता रहेका छन् भने हरिहरपुर, तरङ्गा, कुनाथरी, पोखरीकाँडा र लेखगाउँ गाविस मिलेर बनेको बराहताल गाउँपालिकामा १३ हजार ८ सय ६० मतदाता रहेका छन् ।
लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी गाविस मिलेर बनेको लेकवेशी नगरपालिकामा १७ हजार ४ सय ८ मतदाता रहेका छन् ।
त्यस्तै रजेना, रानीवास, मटेला, अवलचिङ र पाम्का गाविस मिलेर बनेको चिङगाड गाउँपालिकामा ९ हजार ६ सय ३ मतदाता रहेका छन भने घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रीचौर, डाँडाखाली र खानीखोला गाविस मिलेर बनेको सिम्ता गाउँपालिकामा १४ हजार ८ सय ११ मतदाता रहेका छन् ।
जाजरकोटमा महिला भन्दा पुरुष वढी
जाजरकोटमा ७८ हजार ९ सय ४८ जनाले भोट हाल्न पाउँने भएका छन् । महिला भन्दा पुरुषले भोट हाल्न पाउँने संख्य सार्वजानिक भएको छ । ३६ हजार ५ सय ३६ महिला , ४२ हजार ४ सय १० पुरुष र १ जना तेस्रो लिङगीले मतदान गर्न पाउँने छन् । ७ वटा स्थानीय तह रहेको जाजरकोटमा तीन नगरपालिका र ४ गाउँपालिका रहेका छन् । जाजरकोटका ग्रामीण क्षेत्रमा भारी मात्रामा मतदाता नामावली भर्न छुटेका कारण मतदान गर्न नपाउँने गएका छन् । पापक पर्ने ठाउँमा मतदान केन्द्र नहुँदा भोट हाल्नेको संख्यमा कमी आउने आकलन गर्न थालिएको छ ।





error: Content is protected !!