दुई उपप्रधानमन्त्रीको वरियता विवादले मन्त्री परिषद् बैठक निरन्तर प्रभावित

काठमाडौं । उपप्रधानमन्त्री द्धय विमलेन्द्र निधि र कमल थापाबीच वरियता विवाद नमिल्दा आज पनि मन्त्री परिषद्को बैठक बस्न सकेन ।
दुई उपप्रधानमन्त्रीको वरियता विवादकै कारण चैत ३ गतेपछि मन्त्रीपरिषद बैठक बस्न सकेको छैg ।
आज बस्न नसकेको बैठक सोमबार दिउ“सो ३ बजे बस्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले वरियता विवाद मिलाउन नसक्दा बारम्बार मन्त्री परिषद्को बैठक प्रभावित हु“दै आएको छ । दुई उपप्रधानमन्त्रीको वरियता विवादकै कारण चैत १० गते प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जादासमेत कार्यवाहक नतोकी र भ्रमण अनुमोदन नगरी जानुभएको थियो । उपप्रधानमन्त्री थापाले निधिभन्दा आफू पहिले नै मन्त्री र उपप्रधानमन्त्री बनेकाले दोस्रो वरियता पाउनुपर्ने दावी गर्नै आउनु भएको छ भने निधिले सरकार गठन ह“ुदा भएको सहमति र ठूलो दलका हिसाबले आफूले दोस्रो वरियता पाउनुपर्ने अडान राख्दै आउनुभएको छ ।
मन्त्रिपरिषद् बैठक बस्न नसक्दा प्रहरी महानिरीक्षक समेत नियुक्त हुन सकेको छैन । जयबहादुर चन्द्रलाई प्रहरी महानिरीक्षक बनाउन सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गर्दै नया“ महानिरिक्षक नियुक्ति गर्न आदेश दिएको थियो । लामो समय मन्त्रिपरिषद् बैठक नस्न नसक्दा महत्ववपूर्ण ५२ वटा प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा रोकिएको छ ।



