जाजरकोटका चौतिस हजार विद्यार्थीलाई सावुन

जाजरकोट । कक्षा १ देखि ८ सम्मका करिव ३४ हजार विद्यार्थीलाई दिवा खाजा खाँदा चाहिने विभिन्न सामग्रीहरु वितरण गर्ने तयारी भएको छ । जिल्ला शिक्षा कार्यालयको समन्वय र शिक्षाका लागि खाद्य कार्यक्रम जाजरकोटको आर्थिक सहयोगमा जिल्लाका ३४ हजार विद्यार्थीलाई विभिन्न सामग्रीहरु वितरण गर्ने तयारी भएको हो ।
दिवा खाजा अर्थात हलुवा खाँदा फोहोर भाँडा, फोहोर हात, भएका कारण विद्यार्थीहरुलाई विभिन्न रोगको संक्रमण हुँने भन्दै कार्यालयले यस्तो अभियान थालेको शिक्षाका लागि खाद्य कार्यक्रम जिल्ला एकाई प्रमूख चेत वमले वताउनुभयो । जिल्लाका साविकको १८ गाविसमा रहेका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम मार्फत विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने प्रयास भईरहेको छ । साना वालवालिका भोकाएपछि विद्यालय छोड्ने , विद्यालय दिवा खाजा खानैका लागि भएपनि आउँने भएकोले यो खाजा कार्यक्रम जाजरकोटमा निकै प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापकले वताएका छन् ।
दिवा खाजा खाँदा विद्यार्थीहरुका लागि हात धुने सावुन,भाडा माझ्ने साबुन र भाडामाझ्ने स्टीलको झुस र साबुन राख्ने भाँडा लगाएतको आवश्यकता पर्ने भएकाले आउँदो शैक्षिक सत्र भित्र यहाँका १८ गाविसका करिव ३४ हजार विद्यार्थीहरुको हातमा यी सामग्रीहरु हातमा पारी कार्यन्वयन लने वमले वताए । खाजा खाने भाँडा दिएपछि हराउने समस्या र हराएमा कापी ,कितावमा हलुवा राखेर विद्यार्थीहरुले खाजा खाँने गरेकाले सो समस्या समाधान गर्न यस्तो विधी अपनाएको वमको भनाई छ । नयाँ शैक्षिक सत्रमा जाजरकोट सवै सामुदायिक विद्यालयका शिक्षकलाई जनताको घर, घरमा गएर विद्यार्थी भर्ना अभियान सफल पार्ने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो ।
त्यस्तै राज्यले गरेको लगानी वाट हामीले प्रतिफल निकाल्न र सामुदायिक विद्यालय सवैको गुणस्तरिय शिक्षा आर्जन गर्ने थलोका रुपमा स्थापित गर्न शैक्षिक सुधार वर्ष सफल भएको उनले वताए । जिल्लाका सवै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन यस पटक कार्यालयले पुस्तक विक्रेता, विद्यालय लाई कडा निगरानी गरिने वताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , प्रधानाध्यापक र पुस्तक विक्रेता संग निरन्तर सम्पर्क भइरहेको उनले वताए । समयमा पुस्तक नलिनेलाई यो पटक माफी नहुँने समेत उनले जानकारी दिए । विद्यालयमा १० वजे हाजिर गरेर अन्यत्र जाँने शिक्षकलाई तह लगाउन कार्यालयले अव दिन भरी पठाएर ४ वजे मात्र हाजिर गर्न शिक्षकलाई लगाउने वातारण तयार भएको र सोही अनुसार प्रअ र विव्यस अध्यक्ष संग छलफल भएको सिंहले वताउनुभयो ।





error: Content is protected !!