अवको निर्वाचनमा पैसाको राजनीति हुन सक्दैनस् पूर्वमन्त्री बस्नेत

डोल्पा ,पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले आगामी निर्वाचनमा कसैले चाहेर पनि पैसाको राजनीति गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार डोल्पाको दुनै पुगेका पूर्वमन्त्री बस्नेतले पत्रकारहरुसँगको भेटघाटमा आगामी निर्वाचनमा जनताहरु पैसाको प्रलोभनमा नपर्ने दाबी गरेका हुन् ।
उनले भने ‘ यस अघिका चुनावहरुमा आर्थिक प्रलोभन देखाएर डोल्पाली जनतालाई झुक्याईए पनि अव जनता बुझ्ने भईसकेका छन् कसैले चाहेर पनि पैसाको राजनीति गर्न सक्दैन ।’
दोस्रो संविधान सभाको निर्वाचनमा विभिन्न कारणले डोल्पामा माओवादी असफल भएपनि आसन्न स्थानीय निकायको चुनावमा आवश्यक रणनीति अपनाएर स्थानीय तहमा सफल हुने उल्लेख गरे । अर्को एक प्रसङ्मा उनले डोल्पामा भ्रष्टाचार मौलाउँदै गएकाले डोल्पाको विकासको गती सुस्त भएको बताए 
त्यस्तै नेकपा माओबादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत र पुर्व शान्ति मन्त्री सत्य पहाडी डोल्पाको विकासनिर्माणमा निकाशा भएको बजेट दुरुपयोग भएको पाइएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले केन्द्रबाट डोल्पाका लागि निरन्तर बजेट पठाउने काम भईरहेपनि जिल्लामा पुग्दा न्युन रकममात्र विकास निर्माणमा खर्च भएको पाँउदा दुख लागेको बताए ।
यस्तै पहाडीले पनि सरोकारवालाले आवश्यक खवरदारी नगर्दा धेरैजसो बजेट दुरुपयोग हुने गरेको बताइन् ।
“सात आठ बर्षको अवधिमा डोल्पामा मात्रै छ–सात अर्व बजेट आएको पाइएको छ,यसले सैँतिस हजारको हाराहारीमा रहेका डोल्पालीलाई बाँड्दा पनि एक एक लाख रकम पर्न आउँछ,यती ठुलो परिमाणमा बजेट आउँदा पनि विकासको गती शुन्य देखिन्छ” उनले भनिन् ।
डोल्पामा शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार क्षेत्रको विकासगर्नका लागि आवाश्यक पहल केन्द्रमा गरिरहेको समेत पहाडीले बताइन्










