असिनाले गहुँवालीमा व्यापक क्षेति

जाजरकोट । सुक्रवार वेलका ४ वजे हावाहुरी संगै आएको असिनापानीले जाजरकोटका अधिकांश गाउँपालिका र नगरपालिकामा व्यापक क्षेति भएको किसानहरुले वताएका छन् ।
जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा ७ ,८ , भेरी नगरपालिका वडा ६,७,८,९,कुशे गाउँ पालिकाको पैक,ढिमे मा असिनाले गहुँ र तरकारीवाली नष्ट भएको छ । गहुँपाकेर काट्न ठिक्क भएको वेला आएको असिनाले व्यापक क्षेति गरेको त्रिवेणी नलगाड नपा वडा ८ की किसान विष्णुकुमारी खत्रीले जानकारी दिनुभयो ।
असिनाले व्यापक क्षेति भएका गाउँ पालिका र नगरपालिका खाद्यान्न जोखिम क्षेत्रमा पर्दछन् ।





error: Content is protected !!