इजाजतबिनाका मन्टेसोरीको मनपरी

प्रकाश अधिकारी, सुर्खेत वीरेन्द्रनगरमा मापदण्ड पूरा नगरी मन्टेसोरी प्रि–प्राइमेरी स्कुलहरू खोल्ने गरिएको छ । दर्ता नगरी सञ्चालित कतिपय स्कुलले अभिभावकबाट मासिक शुल्कसमेत मनोमानी ढंगले लिने गरेका छन् । वीरेन्द्रनगरको बढदो जनघनत्वसँगै टोलटोलमा यस्ता मन्टेसोरी खुलेका छन् । कतिपयले अटेर गर्दै नर्सरी, एलकेजी, यूकेजीभन्दा माथिल्ला कक्षा पनि चलाएको पाइएको छ ।

जिल्ला शिक्षाका अधिकृत भोजराज लम्सालले वीरेन्द्रनगरका सीमित मन्टेसोरीले मात्र विधि प्रक्रिया पूरा गरी सञ्चालन गरेको बताए । यद्यपि शिक्षासँग जोडिएको पाटो भए पनि कार्यालय मातहत नरहेको उनको प्रस्टोक्ति छ । एक कक्षामा जानुभन्दा पहिला एक वर्षको अवधिलाई पूर्वप्राथमिक कक्षा भनिन्छ । पूर्वप्राथमिक, मन्टेसोरी, शिशु स्याहार केन्द्र, चाइल्ड केयरलगायत नाम दिएर सञ्चालन गर्ने गरिन्छ । ‘यस्तामा शिक्षा कार्यालयका कुनै शैक्षिक कार्यक्रम हुँदैनन्,’ उनले भने, ‘मन्टेसोरी पढाउने थलो होइनन् । खेलाउने, भुलाउने, नचाउने र सिकाइमा उत्प्रेरितमात्र गरिन्छ ।’ दर्ता गर्दा स्कुल भनेर गरिँदैन । मन्टेसोरीमा स्नेह, आदर, सहयोग, धैर्य, शिष्टाचारजस्तो सामाजिक पाठमात्र सिकाउन पाइन्छ । मन्टेसोरीले चर्को शुल्क लिने, गृहकार्य दिएर बोझ थुपार्ने, बालबालिकालाई असहज हुने गरी गाडीमा कोचेर ओसार्ने गरेको गुनासो छ । यहाँका यस्ता निकायले मासिक ५ हजारसम्म शुल्क लिने गरेका छन् ।
स्थानीय स्वायत्त शासन ऐन ०२८ ले पूर्वप्राथमिक विद्यालय खोल्ने अधिकार गाविसरनगरपालिकालाई दिएको थियो । यही अधिकारमा टेकेर यसअघिका निकायले मन्टेसोरी खोल्ने अनुमति दिएका हुन् । अहिलेको स्थानीय तहअनुसार वडामा सञ्चालन गर्ने मापदण्ड पूरा नगरेका मन्टेसोरीले धमाधम कक्षा सञ्चालन गरिरहेका छन् । गाविसरनगरपालिकामा दर्ता हुने हुँदा आफ्नो कार्यक्षेत्र नपरेको शिक्षा कार्यालयको भनाइ छ । मन्टेसोरीमा पाठ्यपुस्तक पढाउन, कक्षा डिभिजन गर्न र शैक्षिक प्रमाणपत्र दिन मिल्दैन ।
वीरेन्द्रनगरस्थित प्रतीक्षा मन्टेसोरीका सञ्चालक प्रतिमा मल्लाहले नियमनकारी निकायको सुस्तताले मनपरी तरिकाले सञ्चालनमा आएको बताइन् । ‘स्थानीय निकायले दर्तामात्र गर्छन् । अनुगमन गर्दैनन्,’ उनले भनिन्, ‘मन्टेसोरी शिक्षासँग सम्बन्धित भएकाले जिल्ला शिक्षा मातहतमा राखिनुपर्छ ।’ आफूले मन्टेसोरी खोलेको १० वर्षे अवधिमा नगरपालिकाले दुईपटक मात्र अनुगमन गरेको उनले बताइन् । परम्परागत शिक्षाको विकल्पमा आएको मन्टेसोरी पद्धतिले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पारे पनि यसको सञ्चालन प्रक्रिया सुलभ, व्यवस्थित हुनुपर्ने मल्लाहको भनाइ छ ।
मन्टेसोरीले व्यावसायिक रूपमा दर्ता भएर कर बुझाउनुपर्छ । स्थायी लेखा नम्बर लिनुपर्छ । तर, नगरपालिकालाई कति मन्टेसोरी छन् रु भन्ने जानकारी नै छैन । मन्टेसोरी गर्दा तीन सय रुपैयाँ दस्तुर लाग्छ । वार्षिक १५ सय कर बुझाउनुपर्छ । नगरपालिकाका कर शाखा प्रमुख हृदयराम ढकालले नगरपालिकाभित्र २० वटा दर्ता भएको जनाए । अवैध सञ्चालन भइरहेकालाई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरिएको उनले बताए । ‘सामाजिक शाखाले नियमित र कुनै गुनासो आएमा अनुगमन गर्ने गर्छ,’ ढकालले भने, ‘स्थानीय निकाय लामो समय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीलाई कामको बोझ धेरै भएकाले यसतर्फ ध्यान पुग्न नसकेको हो ।

कान्तिपुरवाट





error: Content is protected !!