।। गजल ।।

विना सम्पर्कमा कृति ,ओझेलमा पर्न थाले ।
किनरुमेरा हितैषी पो , पर पर सर्न थाले ।।
खडेरी भो ,कस्तो कुन्नि ,भयो पत्याउन गाह्रो ।
सिर्जनाका ,फुलहरु, कोपिलामै झर्न थाले ।।
सानो छँदा ,माया गर्ने ,जो जो थिए यो मुटुको।
शिखर् चढ्न, थालेपछि, औधी डाहा गर्न थाले ।।
थियो आशा ,भरोसा नै ,आफैलाई धन्य ठानेँ ।
बटारेको ,शिर देख्दा ,जाँगर साच्चै मर्न थाल्यो ।।
विस्वासका ,गाथाहरु , हृदयमै लुकाएथेँ ।
कति बेइमान्, रैछ्न् हरे ,बाटो भरी छर्न थाले ।

ज्ञानेन्द्रवहादुर सिंह , दल्ली जाजरकोट





error: Content is protected !!