नेतृत्व प्रती असुन्तुष्टि जनाउँदै काङ्ग्रेस परित्याग

रामचन्द्र न्यौपाने
दुनै(डोल्पा) २५ चैत्र
नेपाली काङ्ग्रेस डोल्पाको १३ औँ जिल्ला अधिवेशन सम्पन्न भएको २४ घण्टा नवित्दै नेतृत्व प्रति असुन्तुष्टि जनाउँदै झन्डै एक दर्जन काङ्ग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेकाछन् ।
विहिवार राति सम्पन्न भएको जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिएर छनोटमा नपरेपछि त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ३ सँुका नेत्र बहादुर डाँगी लगाएत सोही ठेगानाका हिमाल धराला,जय बहादुर डाँगी,लालचन्द्र बोहोरा,धन बहादुर डाँगी र शुद्व नेपालीले काङ्ग्रेस पार्टी परित्याग गरि सुुक्रवार एमालेमा प्रवेश गरेकाहुन् ।नेत्र डाँगी काङ्ग्रेस पुर्व जिल्ला कार्यसमिती सदस्य समेत हुन् ।

यसैगरि एकिकृत अखिल नेपाल शिक्षक संगठन परित्याग गरि धन बहादुर धराला नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेको नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य हंश बहादुर शाहीले बताउनुभयो ।





error: Content is protected !!