दर्जनौँ निर्माणका काम नगर्ने लाई पहिलो पटक कालोसुचीमा

हेमन्त के सी
जाजरकोट । पटक पटक म्याद थप्दा पनि निर्माणको काम नगर्ने सर्वउद्धार फ्राईण्डस जे.भी. काठमाण्डौं म.न.पा.३५, कोटेश्वर काठमाण्डौं लाई कालो सुचीमा राखिएको छ । जाजरकोटका आधा दर्जनन विकास निर्माणका काममा जतिपटक म्याद थपेपनि काम नगर्ने निर्माण सर्वउद्धार फ्राईण्डस जे.भी.काठमाण्डौं म.न.पा.३५, कोटेश्वर काठमाण्डौं लाई कारवाही स्वरुप ठेक्का रद्ध गरिएको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको मोर्क खोलाको पुल निर्माण गर्नका लागि सम्झौता गरि तोकिएको समय अवधी भित्र निर्माण नगर्ने र तीन पटक म्याद थप्दा पनि निर्माणका लागि चाँसो नदेखाउँने सर्वउद्धार फ्राईण्डस जे.भी.काठमाण्डौं म.न.पा.३५, कोटेश्वर काठमाण्डौं लाई जिल्लाका कुनै कुनै ठाउँमा पनि सन्तोष जनक काम नगरेको आरोप लागेको छ । पश्चिमका दुई गाउँ पालिका र एक नगरपालिकाको विकास निर्माणमा मोर्क खोलाको पुल नवन्दा वाधा उत्पन्न हुँदै आएको छ । यहाँका स्थानीयले जिल्ला समन्वय समितिलाई पटक ,पटक ज्ञापनपत्र वुझाउदै तत्काल काम निर्माण व्यवसायीलाई कारवाही गर्न माग गदै आएका थिए । तोकिएको अवधीमा पिल्लर समेत निर्माण गर्न नसक्ने अनि ठाउँ पनि नछोड्ने सर्वउद्धार फ्राईण्डस जे.भी.काठमाण्डौं म.न.पा.३५, कोटेश्वर काठमाण्डौंका कारण जिल्लाको विकास निर्माणमा ठुलो धक्का पुगेको मोर्कका स्थानीय पुर्णवहादुर हतराले वताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका भवणका विभिन्न आधा दर्जन भवण , पुलहरु निर्माण नगर्दा विकास निर्माणमा ठुलो धक्का लागेको छ । काम गर्नेलाई पुरुष्कार , नगर्नेलाई दण्डको व्यवस्था तत्काल गरिनुपर्ने महतराको भनाई छ । कालो सुचीमा राखे लगत्तै यहाँका सवै राजनीतिक दलले खुसी व्यक्त गरेका छन् । काम नगर्ने निर्माण व्यवसायी , उपभोक्ता समितिलाई तत्काल कारवाही गर्न जाजरकोट क्षेत्र नं १ का सांसद तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले निर्देशन दिए लगत्तै जिल्ला समन्वय समितिले यस्तो कदम लिएको हो ।
एक दुई महिना अघि जाजरकोट आएर काम नगर्नेलाई कारवाही गर्नुपर्ने त्यसका लागि आफुले पुरै सहयोग गर्ने वताउनुभएको थियो । उहाँले जिल्लाका विकास निर्माणका लागि आएको रकम समयमा काम नगर्दा जाजरकोटी जनताले विकासको अनुभुती गर्न नपाएको वताउनुभएको थियो । जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले विकास निर्माणका काममा ढिला सुस्ती गर्ने र जनताको विकासवादी चाहनालाई रोक्न खोज्ने कसैलाई छुट नभएको वताउनुभयो । काम नगर्नेलाई धकाभक कारवाही हुँने र काम गर्नेलाई सहयोग हुँने पण्डितले वताउनुभयो । यो कुरा सुनेपछि जिल्लावासी निकै खुसी भएका छन् ।

 





error: Content is protected !!