चितुवाको छाला सहित दुई पक्राउ

रामवहादुर रावत
कोहलपुर,
बाँकेको कोहलपुरमा तीन थान चितुवाको छाला सहित दुई जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा जाजरकोट सुवानाली–८ का जसे थापा र सुवानाउली–७ का प्रेम बहादुर रावत रहेको ईलाका प्रहरी कार्यालयको प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जनाकारी दिएका छन् ।
उनका अनुसार तीन थान चितुवाको छालालाई करिब पाँच लाखको मोलमोलाई गरीरहेको अवस्थामा कोहलपुर प्रहरीले प्रक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान गरी कानून अनुसार कारवाही गरिने जनाईएको छ ।





error: Content is protected !!