नयाँ    शक्ति बैतडीका सह संयोजक भण्डारी कांग्रेसमा प्रबेश


विनोदसिंह विष्ट

बैतडी,२४ चैत , नया शक्ति पार्टी नेपाल बैतडीका सह संयोजक राम सिंह भण्डारी नेपाली कांग्रेसमा
प्रबेश गर्नुभएको छ ।
काठमाण्डौ बुढानिलकण्ठस्थित देउवा निवासमा आज सहसंयोजक भण्डारीले नयाँ शक्ति पार्टी छोडेर नेपाली कांग्रेस प्रवेश गरेका हुन ।
पार्टी सभापति शेर बहादुर देउवाको हातबाट भण्डारी सदस्यता ग्रहण गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाल विद्यार्थी संघका रिजन मडैले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस सभापती देउवाले उहाँलाई पार्टीमा स्वागत गर्नुहुदै उचित स्थान दिईने बताउनुभयो । नया शक्तिको कार्यशैली मन नपरी पार्टी परित्याग गरेका भण्डारीले नेपाली कांग्रेसलाई स्थानिय निर्वाचनमा एक नम्वरमा ल्याउन चुनावमा होमिने बताउनुभयो ।





error: Content is protected !!