अस्थायी शिक्षकका लागि विज्ञापन खुल्यो

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिषकहरुका लागि आयोग खुलाएको छ । ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको शिक्षक सेवा आयोग प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । परीक्षा मिति भने पछि तोकिने आयोगले जनाएको छ ।

पौडेलका अनुसार शिक्षकहरुले वैसाख १७ गते सम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरी २४ गतेसम्म फारम भर्न सक्नेछन् । शिक्षामन्त्री धनीराम पौडेल सहितको आज बसेको बैठकले अस्थायी शिक्षकहरुकालागि आयोग खोल्ने निर्णय गरेको हो । शिक्षा ऐनमा असार भित्रै अस्थायी शिक्षक व्यवस्थापन गर्ने उल्लेख भएअनुसार मन्त्रालयले आयोग खोल्ने निर्णय गरेको हो ।
शिक्षा ऐन अनुसार २०४९ पुस २० गते भन्दा अघि देखि २०६१ साउन २१ गते सम्म स्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धा गर्ने र २०६१ साउन २२ गतेदेखि २०७२ असोज २ सम्म कार्यरतले ४९ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।
निमावि तृतीय तहको पूर्वाञ्चल विकास क्षेत्रमा विवरण प्राप्त नभएका सिरहा र सप्तरी बाहेकका जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, गणित विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रका विरण प्राप्त नभएका रामेछाप, धनुषा, सर्लाही, बारा र पर्सा बाहेकका जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, गणित विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । पश्चिमाञ्चल विकास क्षेत्रका सवै जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, गणित विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सवै जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, गणित विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । सदूरपश्चिमाञ्चल विकास क्षेत्रका विवरण प्राप्त नभएका अछाम, डडेलधुरा र बझाङ बाहेकका जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, गणित विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ ।

त्यस्तै, मावि तृतीय तहको पूर्वाञ्चल विकास क्षेत्रमा विवरण प्राप्त नभएका सिरहा र सप्तरी बाहेकका जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रका विरण प्राप्त नभएका रामेछाप, धनुषा, सर्लाही, बारा र पर्सा बाहेकका जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । पश्चिमाञ्चल विकास क्षेत्रका सवै जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सवै जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ । सदूरपश्चिमाञ्चल विकास क्षेत्रका विवरण प्राप्त नभएका अछाम, डडेलधुरा र बझाङ बाहेकका जिल्लामा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विज्ञापन खुलाइएको छ ।





error: Content is protected !!