पशु सेवा केन्द्रमा कर्मचारी एक वर्ष छैन्न , गाउँमा धमाधम मरे भेडा,वाख्रा

जाजरकोट  । यहाँको जुनी चाँदे गाउँ पालिका वडा नं ४ र ५ मा दैनिक भेडा वाख्रा पर्न थालेपछि किसानहरु मर्कामा परेका छन् ।
गर्खाकोटमा रहको पशु सेवा केन्द्रमा एक वर्ष दखि कर्मचारी नहुँदा यहाँका सयौ किसानहरु आप्ना वाखा्र तथा भेडाहरुको उपचार गर्न नपाएको वताएका छन् ।

घर नजिकै सेवा केन्द्र छ तर ढोका वन्द गरेका कारण उपचार हुँन सकेन गर्खाकोटका गोपाल गिरीले वताउनुभयो । गाउँमा दैनिक ५ देखि ९ वटा सम्म वाख्रा मर्न थालेपछि किसानहरु मर्कामा परेका हुँन् । सुक्रवार मात्र यस गाउँ पालिकाको वडा नं ५ मा रत्नवहादुर तिरुवाको ७ वटा , लालवहादुर विकको १२ वटा , गोपाल गिरीको १३ वटा वाख्रा मरेको स्थानीयले वताएका छन् ।
दर्जनौ स्थानीयका वाख्रा मरेको र मर्ने क्रम नरोकिएको गिरीले वताए । यत्ता जिल्ला पशु सेवा कार्यालयले तत्काल उपचारका लागि औषधी सहितको टिम पठाउँने वताएको छ । टाउँको सुनिने, झोकाउने समस्या देखिए लगत्तै मर्ने गरेका उहाँले वताउनुभयो ।





error: Content is protected !!