डोल्पामा चुनावी सरगर्मी बढ्यो, यस्तो विभिन्न पार्टीको उम्मेदारको चर्चा

रमचन्द्र न्यौपाने
डोल्पा । ३१ वैशाखमा हुनलागेको स्थानीय तहको चुनावमा आ—आफ्नो पक्षमा जनमत जुटाउनको लागि केन्द्रीय देखि स्थानीय तहका नेताहरु गाँउ गाउमा पसेका छन् ।

आसन्न चुनावमा स्थानीय तहको प्रमुख तथा उप—प्रमुख लगाएतका पदमा नेतृत्व हत्याउनको लागि एक महिना देखि जिल्लाका मुख्य काङ्ग्रेस,एमाले,मावोबादी,राप्रपा लगाएतका दलहरुलाई प्रचार—प्रचार गर्न भ्याई नभ्याई भएको छ ।
जिल्लाका मुख्य काङ्ग्रेस,एमाले, माओबादी पार्टीहरु आ आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा जुटेका हुन् ।

उनिहरुले जिल्लाका विभिन्न स्थानहरुमा चुनाव लक्षित कार्यक्रम,आमसभा,भेला तथा शक्ति पर्दशन गरिरहेकाछन् ।

यसै वीच सुक्रवार नेपाली काङ्गे्रस त्रिपुरा सुन्दरी नगरपालिका ईकाइ समिती डोल्पाले चुनावी चासोको हिसावमा मुख्य आकर्सणको केन्द्र विन्दुको रुपमा रहेको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गतको बगर बजारमा चुनाव लक्षित बृहत आमसभा सम्पन्न गरेको छ ।

पुर्व पञ्चायत काल हुँदै,बहुदलिय व्यबस्था वर्तमान लोकतान्त्रिक व्यबस्थामा समेत यस नगरपालिका बाट जिल्ला सभापती देखि मन्त्री सम्मका व्यक्तित्वहरु निर्वाचित भईसकेकाले यस नगरपालिको निर्वाचनलाई विशेष चासोको रुपमा हेरिएको छ ।

काङ्ग्रेसको चुनाव लक्षित नगरस्तरिय आमसभामा लिकु, पहाडा, ल्हाँ, सुँ र त्रिपुराकोटका दुईसय भन्दा अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधनगर्दै नेपाली काङ्ग्रेसका तर्फवाट त्रिपुरा सुन्दरी नगरपालिकाका प्रस्तावित नगरप्रमुखका एक्ला उम्मेदार दिल बहादुर बिष्टले विकासका दृष्टिकोणबाट पिछडीएको डोल्पाको सम्रग शैक्षिक,स्वास्थ्य,यातायात तथा युवा स्वरोजगारका कार्याक्रमहरुमा जोड दिने बताए ।

पुर्व महासमिती सदस्य समेत रहेका विष्टले आफुलाई नगर प्रमुख निर्वाचित गराएमा त्रिपुरा सुन्दरी नगरपालिको समग्र विकासको लागि लागिपर्नेमा जोड दिए ।

ने।का ईकाइ समिती सभापती कर्मसिंह थापाको अध्यक्ष्यतामा भएको उक्त भेलामा तरुण दल,नेवि संघ,महिला संघ लगाएतका भातृसंगठनहरुले उम्मेदार बिष्ट निस्वार्थी र विकास प्रेमि भएकाले यस क्षेत्रको विकासको लागि पार्टी विपार्टी नभनेर अत्याधिक मतले विजयी गराउन अपिल गरेका थिए ।

युवा नेताहरुले आसन्न स्थानीय तहको चुनावमा जिल्लामै पार्टीलाई पहिलो बनाउन आ—आफ्नो पक्षबाट अहोरात्र खट्न निर्देशन समेत दिएका थिए ।

यसै गरि नेकपा एमालेले जिल्लाका विभिन्न स्थानहरुमा एकमहिना लामो स्थानीय निर्वाचन कार्यक्रम अन्तर्गत घरदैलो अभियानलाई जारी राखेको छ ।

यसैबीच तल्लो भेगमा रहेका मुड्केचुला,जगदुल्ला हुँदै त्रिपुरा सुन्दरी नगरपालिका का विभिन्न वडाहरुमा आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेको छ ।

विभिन्न वडा र केन्द्रमा कार्यक्रम गर्दै आईरहेको नेकपा एमालेले सुक्रवार नेपाली काङ्ग्रेसले आयोजना गरेको वृहत आमसभा गरेकै ठाँउमा कार्यक्रमगर्ने जनाएको छ ।

यसै गरी माओवादी केन्द्र डोल्पाले पनि चुनाव लक्षित कार्यक्रमलाई तीव्र बनाउदै लगेको छ । माओवादी केन्द्र डोल्पा संयोजक रामलाल विकले पार्टीलाई स्थानीय निर्वाचनमा विजयी गराउन अवस्था अनुसार अन्य दलहरुसँग समेत सहकार्य हुनसक्ने बताउनु भएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुखको उम्मेदारको रुपमा नेपाली काड्ग्रेसको तर्फबाट दिलबहादुर विष्टको पक्का पक्की भएको छ भने उप प्रमुखको उम्मेदारलाई चर्चामा ल्याइएको छैन ।

उता नेकपा एमाले बाट तुलाचन्द्र बुढा,ओम बहादुर बुढा र युवा उम्मेदार विमल पहाडी चर्चामा आएका छन् ।

ओम बहादुर बुढा पुर्व जिविस सभापति समेत भइसकेका छन् । उप प्रमुखमा एमालेकै पद्मा बुढा र चन्द्रा कुमारी बुढालाई चर्चामा ल्याइएको छ । माओबादी केन्द्रबाट उप प्रमुखमा काली चलाउनेलाई चर्चामा ल्याईएको छ । माओवादी केन्द्रबाट प्रमुखको नाम भने चर्चामा आएको छैन ।

अर्को स्थानीय निकाय ठुलीभेरी नगरपालिकाको प्रमुख र उप प्रमुखको उम्मेदारको लागि काङ्ग्रेसबाट बेगम सिंह ठकुरी, लबकुमार शाही र सुवर्ण बुढा तथा उप प्रमुखमा जय कुमारी शाही पुर्व सभासद दुधकुमारी हमाल लाई चर्चामा ल्याइएको छ भने एमालेबाट प्रमुखमा नन्द सिंह बुढा, नरबहादुर बुढा र गणेश शाही लाई चर्चामा ल्याईएको छ । उप प्रमुखमा भने एमालले कसैको नाम चर्चामा ल्याएको छैन ।

माओबादी केन्द्रबाट प्रमुखमा कमल बहादुर क्षेत्री,उप प्रमुखमा उर्मिला विकको नाम चर्चामा ल्याईएको छ ।त्यस्तै राप्रपाको तर्फबाट प्रमुखमा श्याम बहादुर रोकायको नाम चर्चामा आएको छ ।

अन्य गाँउपालिका प्रमुख तथा उप प्रमुखको नाम भने राजनितिक दलहरुले आन्तरिक गृहकार्य गरेपनि चर्चामा भने ल्याएका छैनन् ।





error: Content is protected !!