स्थानीय नेतालाई जिताउन केन्द्रिय नेता गाउँ गाउँमा

हेमन्त के सी
जाजरकोट । आशन्न ३१ वैशाखमा हुँने चुनावलाई केन्द्रित गरी जनता फकाउन जिल्लामा क्रियाशिल दलका ठुला नेता गाउँ गाउँमा पसेका छन् । आश्वासनको भारी पोको लिएर गाउँमा डेरा जमाएका नेताहरु जनता रिजाउन अनेक थरी उपाय अपनाईरहेका छन् । नेता पिच्छे गाउँमा भएको विकास निर्माणका काम मैले गरेको हुँ भन्दै जस लिनेको लर्को लगेको छ ।
स्थानीय स्तरमा निर्वाचन आचारसंहिता नै कुल्चिने गरि विद्यालयमा आमसभा गदै दलका नेताहरु जनता आफ्नो पक्षमा पर्न व्यवस्त देखिन्छन् । भाषन भन्दा पनि रासनको व्यवस्था मिलाउन ग्रामीण भेगका जनताहरु नेताहरुलाई सुझाव दिन्छन् । नेपाली कांग्रेसका नेता तथा जाजरकोट क्षेत्र नं २ का सभाषद् राजिव विक्रम शाह यतिवेला गाउँका कुनाकन्दरामा जनतालाई विभिन्न आसवासन वाँड्दै हिडेका छन् । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतको निर्वाचन क्षेत्रमा गएर उनले भाषनमा सवै मैले गरेको हुँ भन्दै शक्ति वस्नेतको कुरा काट्दै छन् भने क्षेत्र नं २ अर्थात राजिवविक्रम शाहले जितेको क्षेत्रमा शक्ति वहादुर वस्नेत गएर यहाँ भएको विकास हाम्रो पहलमा भएको हो भन्दै अन्य कुन कुन क्षेत्रमा समस्य छ आफुलाई टिपाउन जनता समक्ष आग्रह गदै जनताको मत आफ्ना स्थानीय उम्मेदवारको पक्षमा ल्याउन लविग गदै छन् ।
दुई महिना अघि जाजरकोटका अधिकांश गाउँमा गएर विभिन्न विकास निर्माणका लिष्ट लिएर राजधानी गएका शक्ति वहादुर वस्नेतले ४० करोड भन्दा वढी विकास निर्माणका लागि रकम जाजरकोट जिल्लामा पठाएका थिए । अहिले सोही वजेट ल्याएर वाँचा पुरा गरेको भन्दै उनी जाजरकोटको पश्चिम क्षेत्रमा विभिन्न आमसभा गदै हिडेका छन् । यत्ता नेपालीमा राम्रो संग खुलेर भाषण गन नसक्ने राविजविक्रम शाह झाडापखालाको वेला हेलिकप्टर ल्याएर तपाईहरुको ज्यान वचाउने मान्छे म हो भन्दै नेपाली कांगेस भन्दा आफ्नो वढी चर्चा गदै हिडेका छन् । केन्द्रिय राजनीतिमा राखै पहुँच नभएका राजिव नेपाली कांग्रेसमा खारिएको नेता मध्य पर्न नसक्ने काग्रेसकै कार्यक्रताहरु वताउँछन् ।
जाजरकोटका गाउँमा वलियो संगठन भएको नेकपा एमाले खासै भड्किलो चुनावी सभा नगरेपनि केही क्षेत्रमा केन्द्रिय स्तरका नेताहरु ल्याएर आमसभा गदै आएको छ । स्थानीय स्तरका नेताहरु नै गाउँ गाउँमा गएर विभिन्न राजनैतिक भेटघाट गदै हिडेको नेकपा एमालेले वताएको छ ।
टिकटकै लागि काग्रेस र एमालेमा गुट , उपगुट देखा परेका छन् भने माओवादी केन्द्रमा टिकटका लागि खासै ठुलो छलफल नै नचलेको जिल्ला ईन्चार्ज गणेसप्रसाद सिंहले वताए । वेला , वेलामा आत्तरिक पाटीकै नेताको असहयोगको सिकार वन्दै आएको नेकपा एमाले यस पटक त्यस्तो नहँुने भन्दै सवै ठाउँमा मिलेर चुनाव आफ्नो पक्षमा हात पर्ने नेकपा एमालेका अध्यक्ष करवीर शाहीले वताए । माओवादी एकताको सन्देश दिन र माओवादी केन्द्रका नेताको केन्द्रिय राजनीतिमा राम्रो पकड भएको जिल्ला जाजरकोट भएको भन्दै माओवादी केन्द्रले चुनावमा आफ्नो दलले जित्ने कुरामा शंका नभएको सिंहको भनाई छ ।
सिंहका अनुसार अन्य दलका साथीहरु अर्कालाई काम गर्न लगाउँछन् उनीहरु धेरै मेहनत गर्नुपर्छ हामीलाई भने खासै चिन्ता छैन , हाम्रो शक्ति वहादुर वस्नेत ले सवै काम आफै गर्न सक्ने भएकाले जनताको पक्षमा काम गर्न आसै मुस्कल नभएको हो । माओवादी केन्द्रले जाजरकोट ,रुकुम, रोल्पा र डोल्पा लगाएतका आधार ईलाका रहेका जिल्लामा विकास लागि भन्दै अहिले चाहे जती वजेट पेलेरै पठाएको छ । आफ्नो अर्थ मन्त्री भएको फाइदा उठाउँदै माओवादीले वजेट पेलेको हो ।





error: Content is protected !!