डोल्पामा स्थानिय चुनावका लागि सुरक्षा योजना पुरा

रामचन्द्र न्यौपाने
त्रिपुराकोट(डोल्पा) ८ चैत्र , बैशाख ३१ गते तोकिएको स्थानिय तहको चुनावका लागि डोल्पामा सुरक्षा योजना पुरा भएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।
स्थानिय प्रशासन डोल्पाका अनुसार स्थानिय दलहरु सहित बसेको बैठकमा डोल्पाका १९ वटा स्थान अति संवेदनशील,११ वटा संवेदनशील र बाँकी १६ वटा स्थान सामान्य स्थानको रुपमा वर्गीकरण गरेर सोही अनुरुप सुरक्षा व्यबस्था तय गरिएको प्रशासनको भनाई छ ।
भौगोलिक तथा विभिन्न सुरक्षा संवेदनशीलतको हिसावमा यसरी वर्गीकरण गरिएको बताईएको छ ।
नजिकीँदो चुनावका लागि जिल्लामा चारसयकोे हाराहारीमा रहेको सुरक्षाकर्मीले नपुग्ने भएकाले जिल्ला वाहिरबाट सुरक्षा व्यबस्था थपगर्नु पर्ने प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!