आफन्तको वयानकै आधारमा जथाभावी औषधी सेवन

हेमन्त के सी
जाजरकोट   । अधिकांश ग्रामीण क्षेत्रमा विरामीहरु डाक्टरको सल्लाह विना नै औषधी सेवन गर्नेको संख्य वढी रहेको छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा ग्रामीण क्षेत्रका स्थानीयहरु विरामी भएपछि जम्म गरी राखेको औषधी सेवन गर्न वाध्य भएका हुँन् ।
विरामी भएपछि स्वास्थ्य संस्था जाँन र आउँन नै मुस्किल भएका कारण एकै पटक मेडिकलवाट सवै थरीका औषधी ल्याएर आवश्यकताका आधारमा अनुमानकै भरमा औषधी सेवन गर्नेको संख्य अत्यधिक भएको हो । कहिले काही स्वास्थ्य संस्था गएपछि विभिन्न खालका औषधी ल्याएर राखिन्छ, अनि जो समस्य देखिन्छ त्यही औषधी सेवन गरिन्छ खगेनकोट ९ मंसिरी स्थित हिमालय प्राविका प्रधानाध्यापक तेजवहादुर सिंहले वताए ।
अनुमानका भरमा औषधी खाँदा स्वास्थ्य संस्था भन्दा पनि स्थानीय जडीवुटीमा भर पर्दा स्थानीयहरु निकै समस्य भएको स्थानीय शिक्षकहरु वताउछन् । ग्रामीण क्षेत्रमा रहेका दत्र्ता विनाका औषधी पसलमा विरामी नगएरै विरामीका आफन्तको वयानकै आधारमा औषधी दिदा विरामीको स्वास्थ्य थप समस्य परेको स्वास्थ्य कर्मीको भनाई छ । सक्ला १ लैखमका प्रेमकुमारी खत्रीलाई पेट दुख्ने समस्य भएपछि साँघुतरामा रहेको मेडिकलमा औषधी ल्याउन पढाईयो ।
विरामीका १५ वर्षीय छोराको वयानका आधारमा मेडिकलले औषधी दिएर पठायो । औषधी खाएपछि एक दिन दुखाई काम भयो तर दुई दिन पछि फेरी पेट दुख्न सुरु भयो । दुखाई सहन नसकेपछि प्रेमकुमारीलाई धाँमीको कहाँ देखाउँन लागियो । धामीले स्थानीय वर्मा देवता लागेको भन्दै वोका काट्दा अराए ।
तर वोका काट्दा पनि २० मा १९ पनि सन्चो भएन । प्रेम कुमारीलाई यो सवै काम गर्दा गदै करिव ७ दिन विति सकेको थियो । जतीदिन वित्दै , त्यती उहाँलाई पेट दुख्ने समस्य वल्झिदै गर्यो । करिव दुई महिना पछि आवश्यक रकम जम्म गरि उनलाई रुकुमको चौरजहारीमा ल्याईयो । चौरजहारी मेसिन हस्पिटलमा जाँच गर्दा ग्यास्ट्रिकको समस्य देखियो । ग्यास्ट्रिकका विरामीलाई देवता देखाएर र दुखाई कम गर्ने औषधी खुआएर कहाँ सन्चो हुनु , अहिले स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी खाईरहेको उनले वताईन् । उनी जस्तै नायकवाडा धुमाका प्रतिमा विक ज्वरोको विरामी हुँदा दुई वर्ष अघि मेडिकल वाट ल्याएको औषधी सेवन गर्दा पेट समेत दुख्न सुरु गरेको वताए । हामीलाई औषधी मिति के हो थाह हुदैन , औषधी भएपछि निको हुन्छ होला भन्ने लागेपछि खाईहाल्छौ विकले वताए ।
मेडिकल वाट ल्याएको औषधी खाँदा छिटो सन्चो हुँने विकको दावी छ । खत्री र विक जस्तै यहाँका ग्रामीण क्षेत्रमा डाक्टरलाई देखाएर रोग प्रमाणित भएपछि मात्र औषधी सेवन गर्नुपर्छ भन्ने चेतना नहुँदा निकै ठुलो समस्य हुँदै आएको छ । जे पायो त्यही औषधी सेवन गर्नुका साथै स्थानीय जडीवुटी अनुमानकै भरमा खादा स्थानीयको स्वास्थ्य जोखिमा पदै आएको छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँनु र जनचेतना कमी हुनुले गर्दा समस्य ल्याएको स्थानीय वुद्धीजिवीको भनाई छ ।
मागेपछि औषधी दिनै पर्र्यो
औषधी किन्न आउने अधिकांश विरामीका आफन्तहरु स्वास्थ्य संस्थाको पुर्जी भन्दा सिधै औषधीको नाम काडेर माग्न आउँने गरेको वताउँछन् । स्वास्थ्य संस्थामा सवै प्रकारका औषधी नपाईने भएका कारण मेडिकलको भरमा वढी उपचार हुँने गरेको उनीहरुको दावी छ । औषधी किन्न आएका विरामीलाई औषधी नदिने हो भने हाम्रो व्यपार नै हुँदैन , सरकारी स्वास्थ्य सस्था टाढा हुँन्छन् कहाँवाट पुर्जी ल्याएर विरामीले औषधी खरिद गर्नु कार्कीज्यूला मेडिकलका संञ्चालक दिपेन्द्र शाहले भने । थोरै औषधी दिदा वढी औषधी आफै विरामी माग्छन् , नदिएमा झगडा गर्छन हामी के गर्ने सवै मडिकलका संञ्चालकको भनाई यहि छ ।





error: Content is protected !!