साउदीमा ब्लड मनी तोकिएका रामचन्द्र तिमील्सिनाको ज्यानमुद्दा अदालत सफाय

लक्ष्मण रसाइली ।
कुशादेबी–२, घिमिरेगाउँ काभ्रेपलान्चोकका बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगी जेल परेका रामचन्द्र तिमल्सिेनाले सफाई पाएका छन् । उनी जाबिराह हायल सिमेन्ट कम्पनी साउदी अरबमा कार्यरत रामचन्द्र तिमिल्सिना सोहि कम्पनिमा कार्यरत पाकिस्तानी नागरिक मृत्यूको अभियोगमा २२ महिनादेखि हायल सेन्ट्रल जेलमा रहेका थिए । मृतक पाकिस्तानी नागरिकको परिवारका तर्फबाट सुरुमा साडे ३ लाख अर्थात नेपाली रु ८७ लाख ब्लड मनी माग भएको थियो । नेपाली प्रबासी समाज हायल, साउदीअरब र नेपाली राजदुताबास, साउदीअरबको ठुलो प्रयास पछी पाकिस्तानी नागरिकहरुले ब्लड मनी घटाएर सारि १ लाख २० हजार नेपाली लगभग ३५ लाख तिर्ने सहमति भयको थियो।
रामचन्द्र तिमिल्सिनाको परिवारले उक्त ब्लड मनी तिर्न नसक्ने अवस्था भएपछी चौतर्फी रुपमा स्वदेश तथा बिदेशमा छरिएर रहेका नेपाली सरकारी तथा गैरसरकारी संघ सस्था एबम बिदेशमा आफ्नो अमुल्य पसिना बगाइरहेका सम्पुर्न नेपालीहरुबाट रामचन्द्र तिमिल्सिनाको उद्दार र बचाउको लागि आर्थिक रकम संकलन भएको थियो र रकम चाहिने भन्दा निकै संकलन भएको थियो तर सबै रकम ब्लड मनी स्वरुप तिर्नु नपरेपछी बाँकी केही रकम तिमिल्सिनाको घरमा दिइएको थियो भने बचेको अरु रकम केही हिनामिना छ।पत्रकार सम्मेलन गरेर रकम सार्वजनिक गरे पनि बाकी रकम कहाँ छ भन्न्व कुरा अझै सम्म पनि स्पष्ट हुन सकेको छैन।संकलित रकमको पारदर्शिता अझै हुन सकेको छैन।
७ मार्च २०१७ का दिन साउदी अदालतले रामचन्द्र तिमील्सिना उपर लगाइएको मुद्दाको फाइनल गरी, ब्लड मनी स्वरुप तोकिएको रकम मृतक पाकिस्तानी नागरिकलाई हस्तान्तरण गरी मुद्दा छिनोफानो भएको छ र केही दिन भित्रमा रामचन्द्र तिमील्सिना नेपाल फर्किने राजदुतावास साउदी अरबले जनाएको छ।तिमिल्सिना नेपाल फर्किएपछी उनको बचाउको लागि विश्वमा छरिएर रहेका नेपालीहरुले गरेको सहयोग रकमको बाँकी रकम विवरण सार्वजनिक गर्नु पर्ने आबश्यक रहेको छ।बाकी बचेको रकम तिमिल्सिना जस्तै बिदेशमा मृत्यु संग खेली रहेका हरुको उद्दारमा लगाउनु उत्तम हुनेछ।परदेशमा जेल सजाँय भोगिरहेका अन्य नेपालीहरुको सहयोगमा उक्त बाँकी रकम प्रयोग गर्नु बाकी बचेको रकम जीवन उद्दार लागाइने भएको छ।





error: Content is protected !!