चुरे भावरका बैतडी अध्यक्ष मालेमा प्रवेश

विनोद सिंह विष्ट
बैतडी, फागुन , नेकपा माले बैतडीको बैठक आज जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । नेकपा मालेका बैतडी प्रमुख तथा केन्द्रिय सदस्य माधव विष्टको अध्यक्षतामा सम्पन्न बैठकले अगामी बैसाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरी बैतडीका सम्पुर्ण नगरपालिका तथा गाँउपालिकामा चुनावी अभियान थाल्ने जनाएको छ ।
“राष्ट्रिय राजनितिक अभियान” चुनावी नारा लिएर मालेले जिल्लाका नगरपालिकामा चुनावी अभियान तथा संगठन विस्तार गर्ने भएको छ ।
यसैविच चुरे भावर राष्ट्रिय एकता पार्टी बैतडीका अध्यक्ष नरेन्द्र पुजारा नेकपा माले प्रवेश गरेका छन । पुजारा सहित चुरे भावर राष्ट्रिय एकता पार्टीका ५० जना र नेकपा एमालेका पदम ऐर लगायत ७ जना पनि आफ्नो पार्टी परित्याग गरी नेकपा माले प्रवेश गरेको नेकपा मालेका बैतडी प्रमुख माधव विष्टले जानकारी दिनुभयो ।
पुजारा वि स २०७० सालमा चुरे भावर राष्ट्रिय एकता पार्टीका तर्फवाट सभासदका उम्मेदवार रहेका थिए।
चुरे भावर राष्ट्रिय एकता पार्टी तथा नेकपा एमाले पार्टी परित्याग गरी नेकपा मालेमा प्रवेश गरेका उनीहरुलाई मालेले आफ्नो पार्टीमा विषेश स्थान दिने नेकपा मालेका बैतडी प्रमुख तथा केन्द्रिय सदस्य विष्टले बताउनुभयो ।










